आफ्नी प्रेमिकालाई प्रेमीले खेतमा जोतेर विवाहका लागि प्रस्ताव
एजेन्सी,
कुनै प्रेमीले आफ्नी प्रेमिकालाई विवाहका लागि कसरी प्रस्ताव गर्ला ? यसका जवाफ हुनसक्छ, घुडा टेकेर बसेर, प्रेम पूर्व पत्र लेखेर या कुनै राम्रो रेस्टुरेन्टमा क्यान्डल लाइट डिनर दिएर । ३९ वर्षीय टम प्लुमले आफ्नी प्रेमिका जेनता स्टिम्पसनका बाबुको खेतमा नै जोतेर लेखेर हुनेवाला ससुरालाई छोरीसँग विवाहका लागि सहमत गराएका हुन् । टम र जेना पछिल्लो १० वर्षदेखि प्रेम सम्बन्धमा थिए । टमले यसरी विवाहका लागि प्रस्ताव गरेपछि जेना चकित र उत्साहितसमेत भएकी हुन् । तर कुनै प्रेमीले खेतमा जोतेर प्रेमिकालाई विवाहका लागि प्रस्ताव गरेको कुरा सत्य नलाग्न सक्छ । तर, इङल्यान्डको डेभोनका एक कृषि इन्जिनियरले आफ्नी प्रेमिकाका लागि विवाहको प्रस्ताव खेत जोतेर लेखेका छन् । जेनाले भनिन्, ‘मेरा प्रेमी त्यति धेरै रोमान्टिक मुडमा रहने व्यक्ति त होइनन् । तर यसपटक उनले केही ज्यादा नै रमाइलो गरेका छन् ।’ खेलमा ‘म्यारी मी’ लेखेपछि टमले जेनालाई बोलाएर उनका आँखा बन्द गरे । जेनाले आफ्नो आसपास केही बजेको आवाज आयो र उनलाई केही ल्याएको जस्तो लाग्यो । तर उनले जब आँखा खोलिन्, तब उनी आश्चर्यमा परिन् । त्यसपछि उनले प्रेमीको विवाह प्रस्ताव समेत स्वीकार गरिन् ।