विक्रमासिंघे श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त

Share to:

एजेन्सी,

विश्वमा श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन्। बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन्। उनी श्रीलंकाको पूर्व प्रधानमन्त्री रही सकेका छन्। विक्रमासिंघे श्रीलंकामा पटक पटक प्रधानमन्त्री भइसकेका छन्। उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति बिहीबार नै सपथ गराएको बताइएको छ। आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ। विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ। महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो। हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए। राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो। त्यसपछि उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए। विक्रमासिंघेलाई यहाँको अर्काे राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ। त्यसैले पनि उनलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ रहेको छ। यहाँ आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सय भन्दा बढी घाइते भएका छन्। नयाँ प्रधानमन्त्री विक्रमासिंघे यहाँको युनाइटेड नेशनल पार्टीका नेता छन्। उनी यहाँ लामो समयदेखि राजनीतिमा सक्रिय छन्।

Like