कोकाकोला १३६ औं वार्षिकोत्सव मनाउँदै

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ३१,

मुलुकमा कोकाकोला कम्पनीले वार्षिकोत्सव मनाएको छ। ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोकाकोलाले आफ्नो १३६ औं वार्षिकोत्सव मनाएको हो। यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ मा सबै भन्दा सानो र पोर्टेबल कान्छु प्याक लञ्च गरेको थियो। नेपाली उपभोक्ताहरूसँग आफ्नो सम्बन्ध आत्मीय बनाउन प्याकको लोगो पनि नेपालीमै छापिएको कम्पनीले बताएको छ। त्यस्तै विश्वव्यापी रूपमा सञ्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रूपमा मोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सञ्चालन गर्दै आइरहेको छ। कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दशकअघि बालाजुको बोटलर्स नेपाल लिमिटेड र भरतपुरको बोटलर्स नेपाल तराई लिमिटेडबाट प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सञ्चालन गरेको थियो।

Like