जित र हार स्वाभाविक हो मतदान गरेपछि प्रचण्डले भने

Share to:

रासंसा/चितवन, बैशाख ३०,

मुलुकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले निर्वाचनमा जित-हार सामान्य र स्वभाविक प्रक्रिया भएको बताएका छन् । चितवनको भरतपुरमा मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हन् । उनले नागरिकले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनुपर्ने धारणा राख्दै आफूले बाल्यकाल बिताएको स्थानमै मत हाल्न पाउँदा खुसी लागेको बताए । उनले जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने मानसिकताले राम्रो काम नगर्ने पनि प्रतिक्रिया दिए ।

Like