दम, माईग्रेसन, अनियमित महिनावारी जस्ता रोग निको पार्ने रिठ्ठाबारे रोचक प्रसंग

Share to:

एजेन्सी,

हामि लगायत रिट्ठाबारे अहिलेका पुस्ता बेखबर जस्तै छन् । किनभने अहिलेका पुस्ताले आधुनिक सामानहरु मात्रै प्रयोग गर्छन । ती आधुनिक सामानहरु केबाट, कसरी बनेको भन्ने कुराबारे उनीहरुलाई केही थाहाँ हुन्न । तर, बुढापाकालाई भने रिठ्ठाको बारे स्पष्ट थाहाँ छ । नहोस पनि कसरी ? पहिले पहिले गाउँमा लुगा धुनलाई यही रिठ्ठा प्रयोग गरिन्थ्यो । माइग्रेन, माइग्रेन भएपछि शीरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् । यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ । दम–दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो पर्यो भने पनि खोकी लाग्न थाल्छ ।अनियमित रजस्वला यसका लागि रिट्ठाको धूलो दुई ग्राममा अलिकति मह मिसाएर खाँदा रजस्वला पनि नियमित हुने जानकारहरु बताउँछन् । नेपालमा प्राकृति श्रोतका रुपमा वन जंगलमा पाइने रिठ्ठा विदेशमा अत्यधिक माग हुने वस्तुमध्येमा परेको छ । देशमै व्यवसायिक उत्पादनको सम्भावना रहेको यो बनपैदावर अमेरिका युरोप लगायत देशमा कच्चा पदार्थको रुपमा माग हुने गरेको छ ।
रिठ्ठाको दाना, खरानी हालेर तातो पानीमा भिजाएपछि अहिलेको स्याम्पु झै फिज आउँथियो र लुगा पनि सफा हुन्थ्यो । विस्तारै सावुनको उत्पादन हुन सुरु भएपछि परम्परागत तरिका अपनाउँन छाडिदै गएको थियो । यो एक किसिमको फल हो, जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गर्छ । रिट्ठा सावुन, स्याम्पू, आयुवेर्दिक औषधि, कस्मेटिक लगायत सामग्री उत्पादन गर्न प्रयोग गरिन्छ । सरकारी तथ्यांक अनुसार देशबाट विश्वका विभिन्न मुलुकमा रिट्ठा निर्यात भइरहेको छ । व्यापार तथा निकासरी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७२÷७३ मा नेपालबाट विश्वका १४ देशमा रिट्ठा निर्यात भएको छ । उक्त वर्ष ती देशमा २ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख १५ हजार ७ सय ८० किलो रिट्ठा निर्यात भएको छ । पाँच ग्राम रिट्ठाको धूलोमा २५० मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा लाभ हुन्छ । दिनमा दुई–तीनचोटी पिउँदा कफ ठीक हुन्छ । र, सास फेर्न सजिलो हुन्छ । दाँत दुखेको बेला समेत रिट्ठाका बिउँलाई तावामा भुटेर त्यस बराबर फिटकिरी मिसाएर पिस्नुस् । तयार भएपछि यसलाई दाँतमा दल्नुस्, आराम पाउनुहुनेछ । आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ । यस्तो हुँदा आधा लिटर पानीमा रिट्ठाको धूलो हालेर पकाउनुस् र चिसो भएपछि आधी कप पिउनुस् । दिनदिनै यो पानी पिउँदा आउँ ठीक हुन्छ ।

Like