केजिएफ च्याप्टर २’ को हिन्दी डब ४ अर्ब नजिक
एजेन्सी,
केजिएफ च्याप्टर २’ को हिन्दी डब ४ अर्ब नजिक शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको फिल्मले ३ सय ९० करोड को आँकडा पार गरेको हो। ‘केजिएफ २’ को हिन्दी डबले गरेको ३ अर्ब ९१ करोडको कमाइ हिन्दी फिल्मको इतिहासमा दोस्रो सबैभन्दा ठूलो कलेक्सन हो। यसअघि २०१७ मा प्रदर्शनमा आएको तेलुगु फिल्म ‘बाहुबली २’ को हिन्दी डबले ५ अर्ब १० करोडभन्दा बढी कमाइ गरेको थियो। ‘केजिएफ २’ ले सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म ‘दंगल’लाई पछि पार्दै दोस्रो नम्बरमा उक्लिएको हो। आमिर खान अभिनीत दंगलले ३ अर्ब ८७ करोडभन्दा बढी कमाइ गरेको थियो। जुन बक्स अफिस कलेक्सनका आधारमा बलिउडको सबैभन्दा ठूलो फिल्म पनि हो।
Like