दलाल नेताहरुले देशको पहिचान नै सखाप पारे – पुर्व उप प्रधानमन्त्री सी. पी. मैनाली
रासंसा/काठमाण्डौ, बैशाख २२,
मुलुकमा नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सी पी मैनालीले दलाल नेताहरुले देशको पहिचान नै सखाप पारे भन्नुभएको छ । नेपाल नागरिक अभियान (एनसिसि) ले राजधानीको रिपोर्टर्स क्लबमा स्थानीय तह निर्वाचन २०७९ मा साझा प्रतिबद्दता पत्र विषयक एक पत्रकार सम्मेलनको आयोजनामा प्रमुख अतिथिको आसनबाट मन्तव्यमा दिनुभएको हो । मुलुकलाइ यो संकटको घडीमा उभ्याउने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी हुन् यिनै दलाली पार्टीहरुले सत्ताको मोहले गर्दा मुलुकमा यो संकट निम्त्याएका हुन् । कम्युनिस्ट सर्वहारा हौ भनी पुँजीवादी लुत्तान्त्रलाई अगाडी सार्ने भएकाले यिनीहरु कम्युनिस्ट नै नभएको दाबि गर्नुभयो । अभियानका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रहरी वरिष्ठ अतिरिक्त महानिरिक्षक डा. ठाकुर मोहन श्रेष्ठको सभापतित्वमा भएको सम्मेलनमा नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सी पी मैनालीको प्रमुख अतिथिको आतिथ्यता थियो । सम्मेलनमा अभियानका वरिष्ठ उपाध्यक्ष डा. हरिहर प्रदिप घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्दै अविभावक विहिन भएका नेपाली जनता राष्ट्रप्रेमी देश्भाक्ताहरुलाई मात्र मतदान गर्न समयमै अनुरोध गर्दै राज्संथा सनातन हिन्दुराष्ट्रभित्र रहेको प्रजातन्त्र अपनाउन आजैदेखि क्रियाशील हुन अनुरोध गर्नुभयो । स्थानीय तह निर्वाचन मा नेपाल नागरिक अभियानको साझा प्रतिबद्दता पत्र अभियानका राष्ट्रिय अनुगमन तथा प्रशिक्षण बिभाग प्रमुख एवं प्रबक्ता तथा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष मुकुन्द पाण्डेले वाचन गरेर सुनाउनु भएको थियो । अभियानकी केन्द्रीय सदस्य एवं महिला बिभाग संयोजक सुश्री निरा रन्जितले लामो संघर्ष गर्दा र सडकमा दौडदा दौडदै र पनि मुलुकलाई यो स्थितिमा पुर्याए कि अब मुलुक अर्को देशको सत्तामा संचालन गर्ने बनाएको यथार्थता छ, यसैले स्थानीय तह निर्वाचनमा अघिल्ला निर्वाचन जसरि हतपतमा मतदान नगरी समयमै सोचेरमात्र मतदान गर्न आग्रह गर्नुभयो । अभियानका केन्द्रीय उपाध्यक्ष वरिष्ठ समाजसेवी हेमरत्न शाक्यले नेपाल नागरिक अभियानको पहिचान गराउनका लागि काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ वडा सदस्य पदमा उम्मेदवारी दिएको बताउदै मुलुकमा राजनीतिक बिकृति, कुसंस्कार र विसंगति हटाउन नमुनाको रुपमा वडा सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो । राष्ट्रिय कार्यक्रममा सभापतिको आसनबाट अभियानका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रहरी वरिष्ठ अतिरिक्त महानिरिक्षक डा. ठाकुर मोहन श्रेष्ठले मुलुकमा हाल भइ रहेको राजनीतिक अनैतिक क्रियाकलापले मुलुकलाई माग्ने बनाएको अबगत गर्दै विभिन्न जिल्लाका बिभिन्न स्थानीय तह निर्वाचनामा स्वतन्त्र उम्मेदबार र सहकार्य मिलाएर उम्मेदवार दिएको जानकारी गराउनुभयो ।अभियानका लक्ष्य एवं उद्देश्य पुरा गर्न आजका प्रमुख अतिथि नेकपा मालेका महासचिव एवं पुर्व उपप्रधानमन्त्री सिपि मैनालीजस्ता राष्ट्रभक्तहरु जुट्नु पर्ने बताउनुभयो । उपस्थित सबैलाई धन्यवाद दिदै राजसंस्था सनातन हिन्दुराष्ट्र र प्रजातन्त्रका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । सम्मेलनमा पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक आध्यात्मिक चिन्तनशील व्यक्तित्व माता भद्रकाली, हनुमानढोका मठमन्दिर अध्यक्ष एवं नेपाल नागरिक अभियानका मठमन्दिर समन्वय बिभाग प्रमुख इन्द्रमान श्रेष्ठको अतिथिको आतिथ्यता थियो । सम्मेलनको कार्यक्रम सभा द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल तथा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, सेभ द नेशन अनलाइन टिभीका संचालक वरिष्ठ संचारकर्मी एवं वरिष्ठ समाजसेवी के. बि. सम्राटले सभ्य रुपमा भब्यताकासाथ संचालन गर्नुभएको थियो ।