आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ बुधबार
रासंसा/काठमाण्डौ, बैशाख १९,
मुलुकका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलेले सर्वोच्च अदालतमा लगेको रिट दर्ता भएको छ। पोखरेलले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ हुने बताइएको छ। आइतबार मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो। एआईजी पोखरेल सिंह भन्दा आफू वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै आजै सर्वोच्चमा रिट लिएर गएका थिए।
Like