दम्भको हिसाब मिलान गर्नुपर्नेछ, गठबन्धन सम्मानजनक भएन, – रामकुमारी झाँक्री
रासंसा/काठमाण्डौ, बैशाख १२,
मुलुकमा नेकपा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पाँच दलीय सत्ता गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्। विभिन्न जिल्लामा गठबन्धनमा आवद्ध दलहरुबीच विवाद बढिरहेको समयमा उनले गठबन्धनमा सम्मानजनक नभएको बताएकी हुन्। यस अगाडि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि सत्ता गठबन्धनमा आफ्नो पार्टीलाई अपमान गरिएको अभिव्यक्ति दिएका थिए। एकता तथा घोषणा पत्र सार्वजनिक कार्यक्रममा गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको बताएका थिए। आइतबार राति ट्वीटमार्फत उनले गठबन्धनका दलबीचमै हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको स्वीकार गरेकी छन्। उनले हाम्रा वार्ता संवादमा केही दम्भ देखिएको धारणा राखिन्। झाँक्रीले गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा यसको हिसाब मिलान गर्नुपर्ने बताइन्। ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्धनका दलहरूको बीचमा हामीले आफैँ भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। ’उनले भनेकी छन्, ‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस !’