१५१ वटा विभिन्न विधाका पुस्तकहरु एकैसाथ विमोचन हुने

Share to:

श्रष्टानीति टिप्पणीकारबाट

गत शनिबार भद्रकुमारी घले सेवा सदनले एक पत्रकार सम्मेलन गरी सदनका सांस्थापक अध्यक्ष, पुर्व राजनीतिज्ञ वरिष्ठ समाजसेवी, साहित्यकार तथा कलाकार सुश्री भद्रकुमारी घलेद्धारा लिखित विविध विधाका १५१ पुस्तकहरु एकैसाथ यहि नया वर्षको आगमनसंगै बैशाख १० गते विमोचन हुने एक प्रेस विज्ञप्ती प्रकाशन गरी पत्रकार सम्मलेनमार्फत जानकारी दिइएको छ । सदनकी अध्यक्ष सुश्री भद्रकुमारी घलेको सभापतित्वमा भएको कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रम, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरीष्ठ उपाध्यक्ष एव सेभ द नेशनल अनलाइन टिभीका सञ्चालक के. बि. सम्राट र पुर्व माननीय संसद लक्ष्मी श्रेष्ठको विशेष आतिथ्यता थियो भने कार्यक्रमकी संयोजक लक्ष्मी उप्रेतीको आतिथ्यतामा भएको थियो । कार्यक्रममा विभिन्न घले समूदायका विशेष व्यक्तित्व तथा तहपदीय अरु अन्य व्यक्तिहरुको आतिथ्यता थियो । पशुपति अन्नपूर्ण आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको विशेष आतिथ्यता थियो । रेडियो नेपालका प्रतिनिधि बलाराम कोइराला लगायत विभिन्न मिडियाका प्रतिनिधिहरुको उलेख्य मात्रामा उपस्थथीति थियो ।
विविध विधासहित, सस्कृति, कला, आफ्नै जीवन भोगाईसंग सम्बन्धित १५१ पपुस्ततकहरु प्रकाशित गरिसक्नु भएकी सुश्री घलेले यस अघि एउटै मञ्चबाट ४९ पुस्ततकहरुको एकैसाथ तत्कालीन सूचना तथा सञ्चारमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा भएको प्रेस विज्ञप्तीमा उल्लेख छ । तर उहानको गुणासो भने राष्ट्रका चौथो अंगको रुपमा रहेका पत्रकारहरुले कुनै पनि पत्रपत्रिकामा समाचार लेख्न भूलेको बताउनु भयो . नौ दशक उमेर पार भइसकेकी वयोवृद्ध सुश्री घलेले गरेको यो कार्य नविनमात्र होइन समाजका लागि एक उदाहरणीय कार्यसमेत हो । समाजमा यसले ठुलो उदाहरण, प्रेरणा र युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने छ ९२ वर्षको यो उमेरमा पनि यति धेरै जोश, जाँगर र क्षमताले प्रसंसा गर्न योग्य उल्लेख प्रेस विज्ञप्तीमा प्रश्ट्याइएको छ । साहित्यका प्राय सबै विधामा कलम चलाउने सुश्री घलेका प्रकाशित १५१ पुस्तकहरु निबन्ध, कविता, भजन संग्रह रहेका छन् । विशेष त यि पुस्तकहरुमा जीवन, जगत, कोरोना भाइरस महामारीको भोगाई, नेपालको समसामयिक रजनीतिक असर, सामाजिक चेतना, दर्शन, इतिहासका विषयहरु समेटिएका छन् । पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती कार्यक्रम सञ्चालक प्रकाश समिरले पढेर सुनाइएको यियो ।
यिनै संग्ग्रहहरुको पुस्तक विमोचन कार्यक्रम नेपालकै लागि एक ऐतिहासीक कार्यक्रममार्फत हुने र आजसम्म कुनैपनि श्रष्टाको यति धेरै संख्ख्यामा एकसाथ पुस्तकहरु विमोचन भएका छैनन् अनि यो उमेरको अरु कुनै व्यक्तिले यति धेरै सिर्जनात्मक कार्य गरेको सायदै यो पहिलो हुन सक्नछ तसर्थ यस कार्यलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा लैजाने योजनासमेत रहेको सदनले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
आगामी यहि बैशाख १० गते शनिबारका दिन यस संस्थाको वार्षिक साधारणसभाका असारमा पुर्व प्राधानन्यायधीश तथा प्रथम महिला प्रधानन्यायधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा हुने १५१ पुस्तकहरुको विमोचन कार्यक्रममा सबै किसीमका मिडया तथा सञ्चारकर्मीहरुलाई उपस्थित भई सो को समाचार सम्माप्रेसण तथा प्गरसारण गर्ननु हुन अनुरोध गरिएको छ ।
साहित्यकार, समाजसेवी, कलाकार, राजनीतिज्ञ सुश्री भद्रकुमारी घले विभिन्न संघसंस्थालगायत सेवा गर्दै श्रम तथा समाज कल्याण मन्त्रीसमेत भई सक्नुभएको छ । शास्त्रिसम्मा अध्ययन गरेकी घले पञ्चायत कालमा माननीय सांसददेखीराजपरिषद स्थायी समिति सदस्मेयसमेत भइसकेकी घले सामाजिक क्षेत्रमा संलग्नता रही सामाजिक सेवाको दायित्वको अनुभव भएको बताउनुयो । विभिन्न समयमा तत्कालीन श्री ५ महेन्द्र, श्री ५ वीरेन्द्र, श्री ५ ऐश्वर्य, श्री ५ प्रिन्सेस शाह, श्री ५ कोमल, श्री ५ शान्ति सरकार तथा राजपरिषदबाटमात्र उक्त चित्रकला प्रदर्शनिको सात पटस;म्म उद्घाटन भएको बताउदै उहाले दार्जिलिङमा सुवास घिसीङबाट आयोजित आर्ट ग्यालरी र राष्ट्रिय शोहरुमा भाग लिएको, विरानगरमा चित्रकला प्रदर्शनि गरेको संमरण गराउनुभयो ।

Like