सशस्त्रमा र नेपाल प्रहरीमा नयाँ आईजीपी को को बन्लान ?

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ७,

मुलुकमा जन्टता र मुलुकका लागि सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मुख्य भूमिका छ । २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो तयारी गरिरहेका छन् । चुनावी सुरक्षाको मुख्य जिम्मेवार निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व सो निर्वाचन भन्दा अघि परिवर्तन हुँदै छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर २०७९ वैशाख १८ मा मा अवकाश जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी पनि वैशाख १८ मा अवकाशमा जान्छन् । उनी २०७८ चैत ३० मा आईजीपीमा नियुक्त भएका हुन् ।

Like