त्यो गरिमा, यो बदनामी, एनआरएनएको
रासंसा/काठमाण्डौ, चैत्र १२,
विश्वमा स्थापनाकालमा गरिमामय संस्था थियो गैरआवासीय नेपाली संघ (एनआरएनए)। केही कार्यकाल यसको विश्वव्यापी प्रतिष्ठा कायम रह्यो। विस्तारै यसमा नेपाली राजनीतिको दूषित छाया प्रतिविम्बित हुँदै गयो। राजनीतिक प्रभाव, दबाब र हस्तक्षेपले यसको साख गिर्यो। अब त त्यो पनि बाँकी रहेन, एनआरएनए करिब समाप्तै भयो। समयमै चुनाव हुनुपथ्र्यो। सबै प्रतिनिधिले उम्मेदवार छान्न पाउनुपथ्र्यो, त्यो हुन सकेन। जे जति कारणले बिग्रियो, समीक्षा हुँदै जाला। संस्था बचाउन सुधार गर्दै जानुपर्छ। अहिलेको कार्यकाल डामाडोल भएको छ। अर्को कार्यकाल राम्रो होला। संरक्षकको भूमिकामा रहेका पूर्वअध्यक्ष शेष घलेले महाधिवेशनका नाममा आफूले चाहेको नेतृत्व घोषणा गरे। राजनीतिक हिसाब–किताबमा अल्झिएका अध्यक्षका दुई प्रत्यासी बद्री केसी र कुल आचार्य मिलेर सह–प्रणालीमा जान तयार भए। मूलधार भनिएको एनआरएनको महाधिवेशन शनिबार राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। तर, विभिन्न देशबाट आएका प्रतिनिधि नरमाइलो मानेर त्यहाँ जाने कि नजाने दोधारमा छन्। अहिलेको समस्या समाधान भयो। प्रतिनिधि चयनमा विवाद थियो। विधि विधानभन्दा बाहिरबाट छानिएकाले विवाद माथिल्लो तहमा पुगेको थियो। अब शनिबारदेखि एकताको महाधिवेशन हुने भनिएको छ। अब प्रतिनिधि विवाद कहिल्यै नआउने गरी बनाउने छौं। विधान परिमार्जन गरेर अघि बढ्छौं। अब आउँदा दिनमा चुनाव फेयर हुन्छ। इलेक्सन र डेलिगेट्समा समस्या आए पनि अब सबैले विश्वास गर्नेछन्। एनआरएनएमा शेषजीको पनि भूमिका छ। उहाँहरूलाई मुमेन्टमा ल्याउन प्रयास गर्दछौं। त्यसका लागि डायलग भइरहेको छ। परराष्ट्रबाट हस्तक्षेप भयो। जुन हुनुहुन्थेन। आगामी दिनमा हस्तक्षेप नहुने गरी लाग्नुपर्छ। सायद परराष्ट्रले चिठी नदिएको भए एनआरएनएमा यस्तो भाँडभैलो हुँदैनथियो। मन्त्रालयले पनि गल्ती महसुस गरेको छ। यो कार्यकाल दु्रतगतिमा नगए पनि सुधारका काम गर्दै अघि बढ्नुपर्छ।
आन्तरिक सहमतिभन्दा अरू विकल्प केही थिएन। एकता नै विकल्प हो। संस्थापकदेखि अहिलेसम्मका सबैको योगदान उच्च छ। संस्था फुटेर अभियान पूरा हुँदैन। संस्थाका उद्देश्य पूरा हुन सक्दैन। संस्था एकजुट होस् भन्ने सबैको चाहना हो। नेपालकै सन्दर्भमा पनि सरकार पनि त्यसरी क्रियाशील भएर लागेको हो।
शुद्धीकरणका लागि सामूहिक नेतृत्व इसु मात्र नभई परीक्षा पनि हो। एकताको अधिवेशनले सबै विवाद निराकरण गरेको छ। संस्थापकहरूको पनि चासो रह्यो। यसले माया छ भन्ने महसुस गराएको छ। एनआरएनएमा अब निस्किसकेको छ। आकांक्षीहरू एक ठाउँमा आएका छन्। निकास यही नै हो। १८ वर्षमा पुग्दा एनआरएनए सशक्त र बलियो भएको छ। अहिले विशेष परिस्थिति भएकाले सामूहिक नेतृत्वमा जानु परेको हो। सबै मूल घरमा आउनुहुन्छ। अर्को टिममा केही सिनियर र जुनियर साथीहरू हुनुहुन्छ। बाटो बिराएर अन्यत्रै गए पनि छिट्टै घर फर्किनु हुनेछ। घर खुला छ। समुद्रमा धेरै खोलाहरू आउँछन्। उहाँहरू पनि आउनुहुन्छ। नयाँ नेतृत्व छलफलबाटै चुनिन्छ। यो प्रतिनिधिहरूको माग हो।