६ महिनाको बच्चामा एकैपटक नयाँ मुटु र ‘इम्युन ग्ल्याण्ड’ प्रत्यारोपण, संसारको यो पहिलो घटनाले ;सबै चकित
विज्ञान चमत्कार
विश्वमा इस्टन नामका एक बालिका छिन् । ६ महिनाकी यी बालिकाको हालै एकैपटक शरीरमा दुई आवश्यक अङ्ग प्रत्यारोपण गरियो । पहिलो अंग रक्त सञ्चार गरिरहनका लागि र दोस्रो शरीरलाई रोगबाट बचाउनका लागि । अर्थात्, यी बच्चाको शरीरमा एकैपटक मुटु र प्रतिरोधी क्षमता बढाउने ग्रन्थी ट्रान्सप्लान्ट गरिएको छ । यति सानो बच्चाको शरीरमा दुईवटा प्रत्यारोपण एकैपटक गरिएको यो पहिलो घटना हो । त्यो पनि सफलतापूर्वक । डा. जोसेफका अनुसार कुनै बाहिरी अंग कसैको शरीरमा राखिन्छ भने प्रत्यारोपण गराउनेको शरीरको प्रतिरोधी क्षमताले त्यो अंगका कोसिका र तन्तुलाई निशाना बनाउन थाल्छ । प्रतिरोधी प्रणालीले अंगलाई निष्क्रिय पार्नका लागि बाहिरी अंगमा हमला गर्ने गर्छ । यसले बिरामीको स्थिति थप बिग्रने गर्छ ड्युक युनिभर्सिटी हस्पिटलमा पेडियाट्रिक कार्डिएक सर्जरीका प्रमुख डा. जोसेफ डब्ल्यू तुरेकले बयान जारी गरेर यो शल्यक्रियाले भविष्यमा ‘सोलिड अर्गन ट्रान्सप्लान्ट’ को तरिका र सम्भावनालाई फेरिदिने बताएका छन् । मुटु प्रत्यारोपण गर्नु एक निकै जटिल प्रक्रिया हो । यदि यो सफल भइहालेको खण्डमा पनि यो गराउने व्यक्तिको शरीरको प्रतिरोधी क्षमताले उक्त मुटुलाई अस्वीकार गर्न सक्छ । ड.जोसेफले भने, ‘कुनै पनि प्रत्यारोपित अंगको उमेर नयाँ शरीरमा १० देखि १५ वर्ष मात्रै हुन्छ । त्यसैले हामीले एक नयाँ विकल्प निकाल्यौँ । इस्टन कमजोर मुटुसहित जन्मिएकी थिइन् । साथै उनको प्रतिरोधक ग्रन्थी थाइमसमा पनि समस्या थियो । यो ग्रन्थीले शरीरमा प्रतिरोधी क्षमता विकसित गर्ने टी–सेललाई जन्म दिन्छ ।’ त्यसैले अंगदान दिने र त्यो लिने दुबैले इम्युनिटी पाउनुपर्छ ताकि अंग बेकार नहोस् । यस्ता शल्यक्रियामा डाक्टरले धेरैजसो इम्यूनोसप्रेसिव ड्रग्स दिने गर्छन् । यस्ता औषधीले शल्यक्रियाका दौरान र त्यसलगत्तै शरीरको प्रतिरोधी क्षमताबाट बाहिर आएको अंगलाई अस्वीकार गर्न दिँदैन । यस्ता औषधीलाई दुई भिन्दा भिन्दै चरणमा दिइन्छ । यीमध्ये केही खतरनाक हुन्छन् कि यसका साइडइफेक्ट जीवनभरी रहन्छ । अर्थात्, जो व्यक्तिले इम्युनोसप्रेस्ड औषधीको सेवन गरिसकेका छन् वा उनीहरु यो समस्यासँग जुधिरहेका छन् भने उनीहरुलाई बिरामी हुन धेरै बेर लाग्दैन । डा. जोसेफ र उनको समूहले बच्चालाई कुनै प्रकारको इम्युनोसप्रेसिव ड्रग्स दिनुको साटो डोनरको शरीरबाट नयाँ मुटुका साथै थाइमसको नयाँ तन्तु प्रत्यारोपित गर्ने पनि योजना बनाए । अर्थात्, जुन शरीरबाट मुटु आइरहेको थियो, त्यसै शरीरबाट प्रतिरोधक क्षमता विकसित गर्ने ग्रन्थी पनि थियो । अर्थात्, प्रापकको शरीरको इम्युनिटीले नयाँ मुटुलाई सजिलै स्वीकार गर्नेछ ।