पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी पक्राउ

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन २७,

मुलुकमा बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिप्रका तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए । नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ गरेको हो । नाबालिग बलात्कार अभियोगमा अभिनेता शाहलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

Like