चालचलनमा सुधार भए सगै तनहुँका १२ कैदी रिहा
अन्जनराज न्यौपाने/तनहुँ, फाल्गुन १३,
तनहुँ कारागारबाट १२ जना कैदीबन्दी रिहा भएका छन् । नेपाल सरकारको सिफारिसमा ५० प्रतिशत कैद भुक्तान र चालचलनमा सुधार भएका आधारमा १२ कैदीबन्दीलाई रिहा गरिएको तनहुँ कारागारका निमित्त जेलर नारायण अधिकारीले जानकारी दिए । वन पैदावर मुद्दाका एक, चोरी मुद्दाका तीन, सवारी ज्यान मुद्दाका चार, आत्महत्या दुरुत्साहन मुद्दाका एक, सवारी अङ्गभङ्ग मुद्दाका एक, ज्यान मार्ने उद्योगका एक र आगलागी मुद्दाका एक जना कैदी रिहा भएका जेलर निमित्त जेलर अधिकारीले बताए । अदालतबाट तोकिएको सजायमध्ये पचास प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलनमा सुधार आएका कैदीलाई रिहा गर्न कारागार प्रशासनले विभागमा सिफारिस गरेको थियो । रिहा भएकामध्ये एक जना धनुषा, एक जना स्याङ्जा, एक जना कास्कीका छन् भने बाँकी सबै तनहूँजिल्लाका रहेका छन।
हाल सम्म कारागारमा १० जनाको दरबन्दी रहेको छ। २ सय ४६ जना कैदी बन्दीहरु रहेको जनाएको छ। परानो ब्लकमा कुल ३५ जना कैदी बन्दीको क्षमता भएको उक्त कारागारमा हाल १०४ जना र दोस्रो नयाँ ब्लकमा ८० जनाको क्षमता भएको ठाँउमा १ सय४२ जना कैदी बन्दी रहेका छन भने २० जना क्षमताको महिला बन्दी गृह निर्माण सम्पन्न भएको र चाडैं नै संचालनमा आउने भएको छ। महिला बन्दीगृह संचालनमा आएपछि तनहुँका महिला बन्दीहरु पोखरा जान नपर्ने भएको जिल्ला कारागारका निमित्त जेलर नारायण अधिकारीले बताए ।