एम,सि,सि र गठवन्धन बर्तमान आबश्यक्ता छ – वरिष्ठ नेता पौडेल

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, फाल्गुन १३,

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एम,सि,सिका विषयमा अध्यान गरेर विरोध गर्ने कि विरोध गरेर अध्यान गर्ने नेपालीले सोच्न जरुरी भएको बताएका छन। नेपाल प्रेस युनियन जिल्ला शाखा तनहुँको आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रमका क्रममा उनले सो कुरा बताएका हुन्। देशमा गठवन्धन पनि नटुटोस र एम,सि,सि पनि पास हुन जरुरी भएको बताए ।
नेपाली काँग्रेस एम सि,सिको विरुद्धमा कोही पनि नजान आग्रह गरे ।एम् सि सि र गठवन्धन एक आर्काका परिपुरक विषय भएको बताए । देशमा शान्ति सुरक्षा कायम गराउन र मुलुको अर्थतन्त्र फस्टाउन एम,सि,सि आबश्यक भएको जिकिर गरे। प्रचण्ड र माधव नेपाल एम,सि,सि पास गर्न दुई जिब्रे खेल खेलेको बताए । एम,सि,सि अमेरिकी उपहार भएको कारण नेपालको गरिबी उन्मुलन गराउन दिईएको अनुदान भएको कारण एम,सि,सि मुलुककालागि अनिवार्य भएको दावी गरे।
नेपालका कम्युनिस्टले चीनको ऋणको भार नेपालीलाई बोकाएर अमेरिकी अनुदानको विरोध गर्न सोझा सिद जनतालाई सडकमा उतार्नु मुर्खता भएको बताए ।
नेपालमा सुरक्षित सडक निर्माण गरि ,खेर गएको जलश्रोतलाई संरक्षण गर्ने र मुलुकभर विधुत सुविधा प्रवाह गर्ने र छिमेकी राष्ट्रहरुमा समेत वितरण गरिने लक्ष्य राखिनुका साथै उधोग कलकारखाना निर्माण गराउने उदेश्य नेपाली काँग्रेसले लिएको बताए ।
नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे वि. क. जिल्ला समन्वय समितिका प्रमुख शान्तिरामण वाग्लेको उपस्थिति रहेको थियोे ।

Like