जीपको ठक्करबाट स्कुटरचालक खनालको मृत्युु

Share to:

अन्जनराज न्यौपाने ,फाल्गुन १ गते तनहुँ ।****************************************
तनहुँमा जिपले स्कुटरलाई ठक्कर दिदा तनहुँ म्याग्दे तल्लो गुणादी बस्ने बर्ष ४० को मनोज खनालको मृत्युु भएको छ।
जिल्ला स्थित म्याग्दे गाउपालिका १ बरचौर स्थित पृथ्वीराजमार्गको थर्पुबाट दमौली तर्फ जादै गरेको ग.२च ७४७४ न.को बलेरो जिपले बिपरित दिशाबाट जादै गरेको ग.७ प ५८२६ न.को स्कुटर लाई ठक्कर दिदा स्कुटर चालक खनाल गम्भीर घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौली ल्याएकोमा उपचारका क्रममा खनालको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबू रेग्मीले जानकारी दिए।

Like