एम,सि,सिको विरोधमा नेकपासमाजवादीको विशालजन प्रदर्शन

अन्जनराज न्यौपाने ,फाल्गुन ,१ गते गण्डकी प्रदेश समाचार तनहुँ । **************************************** तनहुँमा नेपाल कम्युनिस्ट पार्टी( एकीकृत समाजवादी )ले एम,सिसि को विरोधमा वृहत् विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा प्रदर्शनकारीहरुले एमसिसि नेपाल र नेपाली जनताको लागि प्राण घातक भएको बताउदै राष्ट्रघाती आतंककारी , असंवैधानिक कदम तरुन्त खारेज गर्न सरकार सग माग राख्दै
ब्यास नगरपरिक्रमाका गरि कोण सभामा परिणत भएको थियोे । 
राष्ट्र र जन्तालाई बन्धक वनाएर निमुखा जन्तालाई सड्यन्त्र गरि नेपाल आमालाई अमेरिकी हस्तक्षेप रअपहरणबाट बचाउनुपर्ने ,अमेरिकाले नेपालमा आउन विभिन्न नेपाली दलाल सग संझौता गरि सियो बनेर नेपालमा पस्ने र हात्ती बनेर रजाइँ गर्ने उदेश्य हाम्रो लागि पाच्य नहुने वताउदै एमसिसि पास गरेपछि अमेरिकी साम्राज्यवादी शक्तिको अधिनायकवादी शैलीले देशमा हत्या ,हिंसा ,आतंक ,बलात्कार ,मनोमानी बड्दै जाने काम स्वागतयोग्य छैन ,देशको कानुनी ब्यवस्था ,देशको संविधान ,देशको प्राकृतिक सम्पदाहरुलाई मनोमानी तरिकाले हस्तक्षेप गरि मनोमानी गर्ने ,देशमा बाहिय पर्यटनको आगमनमा कमि आएको र मुलुकको अर्थतन्त्र दैनिक धरासायी भएको प्रति दुखद भएको छ। 
मातृभूमिलाई छातिमा लात हानेर विदेशी दलाललाई वेच्ने गैर नेपाली दलालहरुलाई देश बेच्नबाट बचाउन नेपाललै भरिका ७७ वटै जिल्लाहरुमा वृहत् आन्दोलन गरिएको छ।
कार्यक्रममा दलित मुक्ति मोर्चा गण्डकी प्रदेश सचिव रनसिह नेपाली,नेपाल ,नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष हरिकार्की, अनेरास्ववियु तनहुँका जिल्ला अध्यक्ष सुमन श्रेष्ठ ,नेकपा एकीकृत समाजवादी पार्टी युवा सघ तनहुँका अध्यक्ष जीवन भट्टराई क्षेत्री ,तनहुँ काठमाडौं सम्पर्क मंचका श्रीराम पौडेल ,
नेकपा एकीकृत समाजवादी पार्टी तनहुँ जिल्ला सचिव श्रीराम कार्की , सोही पाटीका पोलिट ब्युरो सदस्य शंकर पोख्रेल ,जिल्ला ईन्चार्ज चित्रबहादुर थापा ,नेपाल कम्युनिस्ट पार्टी पोलिट ब्युरो सदस्य प्रतापलाल श्रेष्ठ ,राष्ट्रिय सभा सदस्य माननीय सांसद कलिला खानले आआफ्नो धारणा राखेका थिए।
कार्यक्रम नेकपा ऐकीकृत समाजबादी पार्टीकि तनहुँ जिल्ला उपाध्यक्ष मनुमाया श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 