दमौली अस्पताललाई निशुल्क २लाख५०हजार मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण
**************************************
अन्जनराज न्यौपाने ,फाल्गुन १ गते तनहुँ ।****************************************
तनहुँ अस्पताल दमौलीमा विभिन्न उपचार कक्षहरुमा संक्रमण रहित उपचार कक्षकालागि प्रयोग गरिने यन्त्र फोगिङ मेसिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
चाइना फाउण्डेसन फर पोभटी एलिभेसनको सहयोगमा काठमाण्डौ स्थित राष्ट्रिय अपाङ्ग पुनस्थापना समाजको समन्वयमा दमौली अस्पताललाई २ लाख ५० हजार मुल्य बरावरको २ थान फोगिङ मेसिन हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले उक्त सामाग्री दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेन डक्टर सुनिल पौडेललाई हस्तान्तरण गरेका हुन् । सामान हस्तान्तरण गर्दै केन्द्रिय सदस्य भण्डारीले कोभिडको समयमा अस्पताललाई संक्रमणबाट जोगाउन उक्त सामाग्रीले अति नै महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने र यस्ता सामाग्री सबै उपचार कक्षकालागि अतिनै लाभदायक हुने बताए । 
दमौली अस्पतलाका मेडिकल सुपरिटेण्डेन सुनिल पौडेलले अस्पतालमा उपचाररत वविरामीहरुले विविध रोगका संक्रमण लिएर आउने भएकोले विरामीलाई संक्रमणरहित बनाउन मेसिनको प्रयोग अति उपयुक्त भएको बताए ।