देशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

प्रहरीको प्रस्तावमा १ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न आग्रह

Share to:

रासंसा/काठमाण्डौ, माघ २७,

मुलुकमा स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले बिहिबार केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बस्ने केन्द्रीय सुरक्षा समितिले त्यसबारे निर्णय गरेपछि भर्ना प्रक्रिया शुरु हुन्छ । म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादीसहित प्रहरी परिचालन र गाडी खरिद गर्न करिब १२ अर्ब बजेट चाहिने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ९९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सो चुनावमा ०.२ प्रतिशत अर्थात ७ सयजना पूर्व सुरक्षाकर्मी म्यादी प्रहरीमा भर्ना भएका थिए ।

Like