कांग्रेसभित्र दुई धार सत्ता गठबन्धन निरन्तरतामा लाग्ने
रासंसा/काठमाण्डौ, माघ २२,
मुलुकमा पाँच दलीय सत्ता गठबन्धनको निरन्तरता’ प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् । तर, इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डा. कोइरालाले गठबन्धनको आवश्यकता अब नरहेको बताएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्नेसमेत बताउँदै आइरहेका छन् । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् । ‘अहिले जसले हाम्रो पार्टीभित्र गठबन्धनको विरोध गरेका छन् उनीहरूले केपी ओली र एमालेलाई सहयोग पु¥याइरहेका छन्, यस्ता अभिव्यक्ति किन उठिरहेको छ, मलाई अचम्म लागेको छ, निर्वाचनमा कहाँकहाँ गठबन्धन गर्ने भन्ने विषयमा भने छलफल हुनुपर्छ,’ कांग्रेस नेता पौडेलले राजधानीसँग भने । सो समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित युवा नेता गगन थापासमेत आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग गठबन्धन गरेर नजाने र एक्लै भिड्ने बताउँदै आइरहेका छन् । तर, कांग्रेस नेता पौडेल भने विपक्षी दललाई सहयोग पु¥याउनेगरी पार्टीभित्रै गठबन्धन’bout विरोधका आवाज उठ्नु गलत भएको बताउँछन् । देउवानिकट नेता मीन विश्वकर्माले आगामी तीनै तहका निर्वाचन, एमसीसी परियोजना, राष्टिय राजनीतिका अन्य मुद्दा सबैमा पाँच दल आबद्ध गठबन्धनभित्र सहमति गरेर अघि बढ्न चाहेको जानकारी दिए ।
तर, प्रधानमन्त्रीसमेत रहेका देउवाले भने अमेरिकी सहयोग परियोजना’boutमा समेत सत्तारूढ दलहरूबीच सहमति गरेरै गठबन्धनलाई अघि बढाउन चाहेका छन् । तर, कांग्रेसभित्रको संस्थापनइतर पक्षमा रहेका नेताहरू भने सत्ता गठबन्धन कायम राखेर निर्वाचनमा गए कांग्रेसलाई असर गर्ने बताउँदै आइरहेका छन् । इतर पक्षका नेताहरू कांग्रेसका मतदाताले अन्य निर्वाचन चिह्नमा मतदान गर्न नसक्ने भन्दै गठबन्धन कायम रहनुपर्ने विषयमा असन्तुष्टि राख्दै आइरहेका हुन् । ‘प्रधानमन्त्री आगामी तीनै तहका निर्वाचन, एमसीसी परियोजना, राष्ट्रिय राजनीतिका अन्य मुद्दा सबैमा पाँच दल आबद्ध गठबन्धनभित्र सहमति गरेर अघि बढ्न चाहनुहुन्छ, सबै विषयमा सहमतिका साथ अघि बढ्ने उहाँको इच्छा हो, त्यहीअनुसार संवाद पनि जारी छन्,’ विश्वकर्माले भने ।