ठुलो परिमाणमा ७४ थान सालको काठ सहित बोलेरो जीप पक्राउ

Share to:

***************************************अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / माघ/ १९ गते तनहुँ ।****************************************

इलाका प्रहरी कार्यालय देवघाटले ठुलो परिणाममा सालको काठ सहित एक बोलेरो जीपलाइ नियन्त्रणमा लिएको छ।
७४ थान सालको काठ सहित देवघाट गाँउपालिका वडा नम्बर -५ घिनाटार देवपुरबाट चितवनको दासदुङ्गा तर्फ जाँदैगरेको ना२च७३७५ नम्बरको बोलेरो जीपले अबैधरुपले काठ ओसारपसार गर्दै आएको स्थानीयको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय देवघाटको एक विशेष प्रहरी टोलिले चेकजाँचगर्ने क्रममा उक्त बोलेरो जीपमा ७४ थान सालका काठहरु बरामद गरिएको हो ।
बोलेरो जीप चालक भरतपुर नगरपालिका – ७ मंगलपुर बस्ने बर्ष- ५१ का कमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबू रेग्मीले जानकारी दिए।

Like