शिक्षक गोलबन्द हुनुको विकल्प छैन- शिक्षक नेता न्यौपाने
अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश शिक्षा समाचार ********************************************************************************* **********************************************************************************************************************
आज सामुदायिक निजि,अस्थायी, विद्यालय कर्मचारी,राहत, करार, साबिक उच्च मा. बि., बालबिकास शिक्षकहरु शैक्षिक संस्था र राज्यको कुनै पनि नेतृत्वदायी भूमिकामा दक्षता एवं कौशलता साथै विचार प्रस्तुत गर्ने अवसरसमेत नदिने निरंकुश बादी नेतृत्वहरु तनहूँमा छन् । ******************************************शिक्षकको पेशागत सुरक्षा, पेशागत क्षमता एवं कौशलताको विकास गर्नका लागि शिक्षक संघको जन्म भएको हो र त्यसैमा हामी गोलबद्ध हुन आबस्यक छ । पीडामा परेका व्यक्तिहरूले नेतृत्व लिएमा आफ्नो समस्या समाधानको लागि डटेर सामना गर्न सक्छन् त्यसैले तनहुँ शिक्षक सङ्घको नेतृत्व हामी मध्य बाट हुनुपर्छ र कुनै न कुनै पदमा अस्थायी राहत उच्च मा. बि.बालबिकास वा करार शिक्षक मध्येबाट भएमा हाम्रो समर्थन हुनेछ। हामी हाम्रो नेतृत्व छोडेर अरुको समर्थन गर्न सक्दैनौं । त्यस्ले हाम्रो समस्याको समाधान गर्दैन ।**************************************हामी जस्ता शिक्षकहरुकाे लडाइँ सरकार सँग हाे अहिले शिक्षक सेवा आयोगले हामीलाई आन्तरिक प्रतिस्पर्धामा समाबेश नगरी बिज्ञापन गर्नु बिबेधको श्रृङ्गखला हो यो ऐन ,नियमावलि विपरित छ त्याे कार्यबिधि हाम्रा लागि कदापि स्विकार्य छैन देश नीति नियम र विधि काे शासनमा चल्नुपर्छ यो गठबन्दन सरकारले सँधिय शिक्षा ऐन ल्याएर हाम्रो दरवन्दिहरुलाई रगत बगाएर गरिएको पुर्ब सम्झौता अनुसार स्थायि दरबन्दीमा परिणत गरि हामी लाई स्थाइ प्रक्रियामा लैजान पर्छ । **************************************त्यसाे भएन र यथास्थितिवादी याे सरकारले हामीहरुलाई पाखा लगाउने मनसायले शिक्षकहरुलाई त्रसित पार्ने काम आज भएको छ । सरकार संग रगतको लडाइँ गर्ने हाम्रा समिति मात्र होइन देशै भरिका शिक्षक एकबद्ध हुने बेलामा हामी जस्तो सुकै मुल्य चुकाउन परे पनि शिक्षक संघको नेतृत्व गरेरै छोडने छौ ।
#***************************************************************************** लेखक: नरेन्द्र न्यौपाने नेपाल शिक्षक सघ जिल्ला कार्य समिति तनहुँका अर्थ सचिव हुनुहुन्छ ।****************************************