काठमाडौंबाट करिब सात हजार किलो महसहित एक जना पक्राउ
रासंसा/काठमाण्डौ, माघ ८,
मुलुकमा प्रहरीले अखाद्य वस्तु मिसावट गरिएको करिब सात हजार किलो महसहित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार नयाँबजार ज्याठाबाट स्पर्श हनी नामक ब्रान्डका सञ्चालक नरेश श्रेष्ठलाई पक्राउ काठमाडौंबाट पक्राउ गरेको छ । सो महमा अखाद्य वस्तु मिसावट गरेको सूचनापछि प्रहरी टोलीले छापा मारेको थियो । परीक्षण गर्ने क्रममा महमा अखाद्य वस्तु मिसाइएको पुष्टि भएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उक्त मह प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गरिँदै आएको थियो । अखाद्य वस्तु मिसावट गर्नेलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ । प्रहरीले उक्त सबै महसहित कच्चापदार्थलगायत सामग्री बरामद गरेको छ । त्यसमा सोडालगायत वस्तु मिसाएको पाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।