उच्चस्तरीय राजनीतिक समन्वय समितिको बालुवाटारमा बैठक जारी

Share to:

रासंसा/काठमाण्डौ, माघ ४,

बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पौने दश बजेबाट सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ । साथै कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक आजलाई तय भएको हो । सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् । आजको बैठकमा अध्यक्ष नेपाल कोरोनाका कारण उपस्थित भएका छैनन् ।

Like