पुर्व गृहमन्त्री जोशीद्वारा पत्रकार सम्मेलनको आयोजना

Share to:

************************************** अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / २४ गते शनिबार ********************************************************************************नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एब्म् पूर्वगृह मन्त्री गोविन्दराज जोशीद्धारा शनिबार होटल लेटमी (व्यास नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
विभिन्न संचारकर्मीहरुको प्रश्नको जवाफ दिदै पुर्व गृहमन्त्री जोशीले हाल सम्म ४० वटा वडामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिसकेको बताए । २२ सय क्रियाशील नेपाली काँग्रेसका कार्यकर्ताहरूले नेपाली काँग्रेसको वडा,नगर,जिल्ला र क्षेत्र लगाएत १४ औं महाधिवेशनमा समेत सहभागी नभएको बताए । यदि पार्टीले अराजक गतिविधि र तानाशाही प्रवृत्तिको ब्यवहार पटक पटक देखाए काँग्रेस सदाकालागि यहीँ स्थितिमा देखापर्ने आरोप लगाए।
स्थानीय निकाय र संघीय चुनाबमा आफुले जनताको टिकटबाट चुनावमा जितेर देखाउने दावी गरे । अब स्वतन्त्र पुर्वक आफुले आफ्नो टिकट जनतासग आफै लिने वताए । तीनै तहको चुनाबमा
जिल्लाका ६ गाँउपालिका र ४ नगरपालिकाहरुमा आफ्नो क्रियाशील कार्यकर्ताहरुले उमेदवारको तयारी गरिसकेको जानकारी उनले दिए। उनले सबै दल सग सहकार्य र गठवन्धनकालागि अधि बड्ने छौ उनले भने। आगामी ५ बर्षमा अवरुद्ध भएका सबै विकास निर्माणका कामहरु हामीले गरेर देखाउने छौ भन्दै सबै कार्यकर्ता निर्वाचनकालागि तयार रहन पत्रकार सम्मेलन मार्फत अपिल गरे।
आफुलाई तनहुँ काँग्रेसको संस्थापक भएको दावी गरेका जोशीले नेपाली काँग्रेसमा आफ्नो ठुलो लगानी भएको कारण जनताले आफुलाई पुर्णरुपले पताएर विस्वासगरेका छन् उनीहरूले गरेको आशा र भरोसालाई महिले कुल्चिनु हुदैन ,जनताको अधुरो सपनालाई साकार बनाउन मेरो चुनावमा उमेदवारी दिनुको विकल्प नभएको बताए ।
कारण स्वतन्त्र उमेदवार उठ्दा जनताबाट निर्वाचित हुने बताए ।
हामी नेपाली काँग्रेसको क्रियाशील सदस्य समेत नभएको कारण सबै दलहरुसग सहकार्य समन्वय गरिने बताए।तपाईंका केही कोर कार्यकर्ताहरुले तपाईं लाई साथ छोडे नि भनी पत्रकार द्वारा सोधिएको प्रश्नमा पुर्व गृहमन्त्री जोशीले म नाउचलाउने ब्याक्ति हुँ नाउ चलाएर धेरै पार तारे जब नाँउ खाली हुन्छ पुनः नाँउमा नयाँ यात्री आउछन् र नाउ भरिन्छ यस्तो हुनु स्वभाविक हो उनले भने आउने जाने क्रम जारिनै रहन्छ।
पार्टीले आफुप्रति सहि सत्य मुल्यांकन नगर्दा र पार्टीको लागि गरेको योगदानको गलत मुल्यांकन हुदाँ पार्टी दिन प्रतिदिन कमजोर भएको बताए । पार्टीले कार्वाही फिर्ता लिने भनेर झुट्टो प्रचारप्रसार गरेको बताए ।
कार्यक्रम विपी विचार समाजका जिल्ला सचिव हरिशरण पण्डितले सहजिकरण गरेका थिए।

Like