श्रीमतीको खोजीमा युवकले राखे होर्डिङबोर्ड त्यसको रहस्य ‘मलाई मागी विवाहबाट बचाउनुस्’
एज्न्सी,
बीबीसीका अनुसार २० फीट अग्लो यो होर्डिङमा लेखिएको छ, ‘मलाई मागी विवाहबाट बचाउनुुहोस् ।’ यति मात्रै होइन मोहम्मदले एक वेबसाइट पनि बनाएका छन् – फाइन्डमेलकावाइफ डट कम । यसमा उनी बारेमा सबै जानकारी राखिएको छ । यहाँ युवतीहरु उनीसँग कुराकारनी गर्न सक्छन् । म्याट्रिमोनियल साइटको सहयोगबाट कयौँ सम्बन्ध बनेको त देख्नु भएकै होला । तर, बेलायतमा एक अविवाहित व्यक्तिले सबै चिजले भरिपूर्ण श्रीमती खोज्नका लागि अत्यन्त अचम्मको तरिका अपनाएका छन् । मोहम्मद मलिक २९ वर्ष भएपछि आफ्नो विवाहको विषयमा यति चिन्तित हुन थाले कि उनले जीवन–साथीको खोजीमा बिलबोर्डमा आफ्नो फोटो राखेर सडकको किनारामा राखिदिए ।
Like