सिद्धार्थ बैंक नेसनल पेमेन्ट स्विचमा आबद्ध
रासंसा/काठमाण्डौ, पौष १७,
मुलुकमा सम्झौतापत्रमा बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसिएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्टलगायत भुक्तानी उपकरण प्रयोग गर्न सक्नेछ । बैंकले विभिन्न डिजिटल भुक्तानी प्लाटफर्म प्रदान गर्दै आएको छ। यस सम्झौताले नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीले बैंकका ग्राहकलाई थप सेवा सुविधा हुने बैंकको विश्वास छ। हाल नेसनल पेमेन्ट स्विचमा ३६ वटा बैंक/वित्तीय संस्था र ३ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३९ वटा संस्था आबद्ध भइसकेका छन् । उक्त स्विच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआईका मार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।