गिरावटमा सुनको मूल्य

Share to:

रासंसा/काठमाण्डौ, पौष १५,

बिहीबार पनि सुनचाँदीको मूल्य ओरालो लागेको छ । बुधबार पनि ५ सयले घटेर ९३ हजार ५ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले ओरालो लागेर १२ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले घटेर ९२ हजार १ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस १७ सय ९८ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *