नेपाली क्रिकेटमाथिको कारबाही आजसम्म गरेको समर्पणको सम्मान
रासंसा/काठमाण्डौ, पौष ३,
मुलुकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीले आफूहरूमाथिको कारबाही’bout पुनर्विचार गर्न क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)सँग आग्रह गरेका छन् । क्यानको पछिल्लो निर्णयबाट आफूहरू दुःखी बनेको भन्दै उनीहरू चारै जनाले शुक्रबार पत्रकार सम्मेलनमार्फत निर्णय सच्याउन आग्रह गरेका हुन् । क्यानले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेवारी खोस्दै कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । क्यानको यो कारबाही र निर्णयको चर्काे विवाद भइरहेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका चार खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको थियो । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल संयोजकत्वको अनुशासन उल्लंघनसम्बन्धी गठित छानबिन समितिको सिफारिसअनुसार बैठकले सो निर्णय गरेको थियो । ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले पत्रकार सम्मेलनमार्फत आफूहरूजस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने अवस्था बन्नसक्ने चिन्तासमेत व्यक्त गरेका छन् । क्यानले अभिभावकीय भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ । क्यानको सेन्ट्रल कन्ट्र्याक्टप्रति आपत्ति जनाउँदै खेलाडीहरू सार्वजनिक रूपमा बोर्डविरुद्ध उत्रिएपछि उनीहरूमाथि कारबाहीको डन्डा चलाएको हो । यो विषयमा समितिले दुईपल्टसम्म खेलाडीसँग स्पष्टीकरण सोधेकोमा उल्टै क्यानमाथि प्रश्न उठाएर यति दिनभित्र प्रस्टीकरण चाहिने भन्दै समयसीमा तोकेको भन्दै क्यान असन्तुष्ट बनेको थियो । क्यान र कप्तान÷उपकप्तानसहित राष्ट्रिय क्रिकेट खेलाडीबीचको विवाद उत्कर्षमा पुगेपछि बसको क्यानको बैठकले ज्ञानेन्द्र र दीपेन्द्रको पदीय जिम्मेबारी खोस्ने र उनीहरूसहित टोलीका सिनियर सदस्य सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुवाती ६ महिनाका लागि सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय अनुबन्धन)मा सहभागी नगराउने निर्णय गरेको थियो । क्यानले कारबाही गरेको भोलिपल्टै क्यानको निर्णयप्रति चार खेलाडीले आपत्ति जनाएका हुन् । उनीहरूले सोधेका छन्, ‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षौं खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?’ दुवैपल्ट चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको क्यानले जनाएको छ । उनीहरूले सेन्ट्रल कन्ट्र्याक्टमा पर्याप्त खेलाडी समावेश नभएको, वर्गीकरणमा परेका खेलाडीमाथि अन्याय भएको, राष्ट्रिय टोलीका सिनियर सदस्य सोमपाल कामीलाई ‘ए’ ग्रेडमा नराखिएको, रोहित पौडेललाई ‘बी’ ग्रेडमा नराखिएको र कन्ट्र्याक्टमा २० खेलाडीको सट्टा १८ खेलाडी मात्र राखिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए । उनीहरूले भनेका छन्, ‘हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामीजस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्,’ उनीहरूले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । पत्रकार सम्मेलनमा उनीहरूले भनेका छन्, ‘नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो निर्णयपछि धेरै पत्रकार साथीहरूले चासो राख्नुभयो, हाम्रो धारणा माग्नुभयो । क्रिकेट संघको पत्र आओस्, त्यसपछि आफ्नो धारणा राखौंला भन्ने थियो । तर, क्रिकेट संघले विज्ञप्ति नै जारी गरेर आफ्नो निर्णय सार्वजनिक गरिसकेको र पदाधिकारीहरूले पनि त्यस’bout सञ्चारमाध्यममा आफ्नो धारणा ल्याइरहनु भएकाले हामीले पनि केही भन्नु उपयुक्त हुन्छ भन्ने लागेर यो पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’ उनीहरूले खेलाडीहरूको ग्रेडिङले पनि समस्या उत्पन्न भएको भनाइ राखेका छन् । ग्रेडिङले खेलाडीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरे पनि त्यसले थप समस्या ल्याएको विज्ञप्तिमा उल्लेख छ । समयमै तलब पाउन नसकेको पनि उनीहरूको गुनासो रहेको छ । ‘नेपाली क्रिकेट कुन अवस्थाबाट आजको स्थितिमा आयो, हामी खेलाडीहरूले कस्तो कठिन अवस्थामा पनि क्रिकेट खेलिरह्यौं, तपाईंहरूलाई भनिरहनु नपर्ला । हामीले कहिल्यै मैले के पाउँछु भनेर हेरेनौं । तलब आउँछ कि आउँदैन ? सेवा सुविधा के पाउँछौं ? सोधेनौं, खोजेनौं । हामी खेलाडीहरूको एउटै लक्ष्य हुन्थ्यो, आज पनि छ, कसरी मैदानमा राम्रो प्रदर्शन गर्ने, देशलाई जिताउने र सारा नेपालीहरूलाई खुसी दिने,’ विज्ञप्तिमा उल्लेख छ । हामीले पनि आफ्नो धारणा राख्यौं, क्यान पनि छलफलका लागि तयार भयो । छलफलमा ग्रेडिङमा परेकाहरूलाई कायमै राख्दै अपग्रेड हुनुपर्नेहरूलाई अपग्रेड गर्ने, जो खेलाडीहरू ग्रेडिङमा छुटेका छन्, उनीहरूलाई समावेश गर्ने र आगामी दिनमा निश्चित मापदण्ड बनाएर समयमै सम्झौता गर्ने सहमति भएको थियो ।’ ‘खेलाडीहरूको ग्रेडिङ गर्ने र मासिक तलब लिने व्यवस्था भयो । यसले हामी खेलाडीहरूको मनबल बढ्ने हाम्रो विश्वास थियो । तर, त्यसमा समस्या देखिन थाल्यो । समयमा तलब आएन, त्रिकेट संघ निलम्बनमा परेको बेला भनेर हामीले चित्त बुझायौं । जब क्यानको निलम्बन हट्यो, हामीलाई लागेको थियो अब अवस्था सहज हुँदै जानेछ । तर, दुःखका साथ भन्नुपर्छ, क्यानले २०२० का लागि ढिला गरी गरेको ग्रेडिङ पनि विवादमा प-यो । ‘अक्टोबर अन्त्यतिर खेलाडीलाई बोलाएर सम्झौतापत्रमा हस्ताक्षर गर्न भनियो । मापदण्ड कस्तो बनेको छ किन यो ग्रेडमा परेको हो भन्नेसमेत जानकारी दिइएन । मापदण्ड बनाउँदा कप्तान, उपकप्तान र सिनियर खेलाडीहरूसँग परामर्श गर्ने विगतको परम्परा पनि तोडियो । केही खेलाडीले सम्झौतामा हस्ताक्षर गरे तर ग्रेडिङमा त्रुटि भएको थाहा भयो । म स्वयंयले कार्यवाहक सचिवलाई फोन गरेर यस’bout जानकारी गराएको थिएँ,’ हटाइएका कप्तान मल्लले भने । सहमतिबमोजिमको काम नभएको उनीहरूको गुनासो रहेको छ । उनीहरूले सहमतिअनुसार ग्रेडिङ र तलब उपलब्ध नभएको र मापदण्ड नबनेको पनि बताएका छन् । उनीहरूले बिनासम्झौता आफूहरूलाई तलब दिइएको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाएका छन् ।