एमसीसी र संसदको विषयमा छलफल हुने सर्वदलीय बैठक प्रधानमन्त्री देउवाले बोलाए

Share to:

रासंसा/काठमाण्डौ, पौष ३,

मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजेको लागि बैठक बोलाइएको हो । संसदको गतिरोध अन्त्य र एमसीसी पेश गर्ने सन्दर्भमा सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदको अवरोध, एमसीसीलगायतका विषयमा सत्तागठबन्धनको बैठक बोलाउन आग्रह गरेलगत्तै देउवाले बैठक डाक्नुभएको हो । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुसँग एमसीसी सम्झौता संसदमा पेश गर्ने विषयले छलफलमा प्राथमिकता पाउने बताइएको छ । नेकपा एमालेको अवरोधका कारण संसद चल्न सकेको छैन । सत्ता गठबन्धनका सहयात्री नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा छन् । तर, सरकारमाथि भने एमसीसी टेबल गर्न दबाव छ ।

Like