सबैभन्दा बढी जर्मनीले २५ हजार अफगानी लिने, ४० हजार अफगान शरणार्थीलाई आश्रय दिने युरोपेली युनियनको निर्णय
एजेन्सी,
विश्वमा युरोपेली संघ (ईयू) का १५ राष्ट्रले अफगानिस्तानबाट गएका ४० हजार मानिसलाई आश्रय दिने भएका छन । ईयूका मुलुकका गृहमन्त्रीहरूको बैठकपछि ४० हजार अफगानीलाई आश्रय दिने सहमति भएको ईयू कमिस्नर यल्वा जोहानसनले जानकारी दिनुभएको हो । अन्य मुलुकले यो भन्दा कम संख्याका शरणार्थीलाई आश्रय दिने बैठले निर्णय गरेको छ । यसले अनियमित रुपमा अफगानिहरु युरोप छिर्नबाट रोक्ने विश्वास पनि इयुको छ । अहिले पनि करिब ८५ हजार अफगानिहरु आश्रयको खोजीमा रहेका छन । जर्मनीले सबैभन्दा बढी २५ हजार शरणार्थीलाई आश्रय दिनेछ भने नेदरल्याण्डले ३१ सय बढीलाई आश्रय दिनेछ । यस्तै फ्रान्स र स्पेनले समान २५/२५ सय अफगानिस्तानका शरणार्थीलाई आश्रय दिनेछन् ।
Like