प्रचण्ड-ओलीबीच विश्वासको मत पाएको भोलिपल्ट छलफल
रासंसा/काठमाण्डौ, पौष २७,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएको भोलि पल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । बुधबार साँझ ओली निवास बालकोटमा दुई नेताबीच आगामी यात्रा र सरकार विस्तारबारे छलफल भएको छ । भेटवार्तामा दुई नेताबीच मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले विश्वासको मत पाएप्छि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ ।
Like