प्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारलेख/रचनाविज्ञान/प्रविधि

सञ्चारकर्मी सरोज ओझा ‘स्रष्टा सम्मान’बाट सम्मानित

Share to:

अन्जन राज न्यौपाने
तनहुँ ।

कवि तथा सञ्चारकर्मी सरोज ओझा साहित्य, सिर्जना र सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप ‘स्रष्टा सम्मान’बाट सम्मानित भएका छन्।
राष्ट्रिय संगीतकर्मी संघले दशैंको अवसरमा आयोजना गरेको विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा ओझालाई सम्मान गरिएको हो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले ओझालाई सम्मानपत्र प्रदान गरेका थिए। साहित्यिक सिर्जना र सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका ओझाको योगदानको कदर गर्दै संघले उनलाई सम्मान गरेको हो।
सम्मानपछि प्रतिक्रिया दिँदै ओझाले आफूलाई सम्मानका लागि योग्य ठानी छनोट गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे। उनले प्राप्त सम्मानले आफूलाई गौरवान्वित बनाउनुका साथै आगामी दिनमा साहित्य, सिर्जना र सञ्चार क्षेत्रमा थप जिम्मेवारीका साथ अघि बढ्न हौसला मिलेको बताए।
स्रष्टाहरूको योगदानको कदर गर्ने यस्ता कार्यक्रमले सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्नुका साथै समाजप्रतिको जिम्मेवारीबोध बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत उनले व्यक्त गरे।
संघका अध्यक्ष प्रकाश कटुवालको सभापतित्व तथा वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा कला, साहित्य, संगीत र सञ्चार क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
दशैंको शुभकामना आदानप्रदानसँगै आयोजित कार्यक्रममा स्रष्टा तथा कलाकारबीच आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्दै सांस्कृतिक एकतालाई बलियो बनाउने विषयलाई प्राथमिकता दिइएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका स्रष्टा, कलाकार, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Like