चैत ४ सम्ममा ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आउने

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २४,

निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्र मार्फत मानिसको अन्तर यात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेको छ,’ पाल्पालीले भने ‘आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरू यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’ गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिनेशले यसअघि ‘बालकृष्ण सम :अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिएजुन काठमाडौँ पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो । फिल्ममा दिव्यदेवले मदनको रूपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ । ​कङ्गारु क्रिएसन र लोकलसिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिम्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । रुपेश ढुङ्गाना र नवीन ढुङ्गाना फिल्मका सह निर्माता हुन् । फिल्ममा दिनेशले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्ममा संगीत अजर जंगमको छ । उज्ज्वल बस्ताकोटीको छायाङ्कन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन रहेको फिल्म रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ । निर्माता महेश बाबु तिम्सिनाले फिल्म मेहनत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए । ‘हामीले लामै समय लिएर यो फिल्म तयार गरेका छौँ । महामारीका कारण प्रदर्शनका लागि तयार भएर पनि हामी रोकिनु पर्‍यो । अब चैतमा हामी आउँदछौँ’ महेशले भने ।

Like