एनसीसी बैंकको २५ औं वार्षिकोत्सव : नौ शाखामा रक्तदान
रासंसा/काठमाण्डौ, मार्ग २४,
मुलुकमा एनसीसी बैंक लिमिटेडले २५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न नौ शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी नौ शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जानकारी दिएको छ । बैंकले २५ औं वार्षिकोत्सवको अवसरमा ‘एनसीसी सिल्भर सेभिङ खाता’, ‘एनसीसी सुगम सिल्भर मुद्दती खाता,’ ‘एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता’ र ‘एनसीसी सिल्भर रेमिट मुद्घती खाता’ लगायत निक्षेप खाताहरू संचालनमा ल्याएको छ । रक्तदान क्रममा विभिन्न रक्तदाताहरूबाट ५७१ पोइन्ट रगत संकलन भएको र हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडाैं, बागबजार निवासी प्रेमसागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले कदरपत्र प्रदान गरेका पनि बैंकले जनाएको छ । एनसीसी बैंकले सात प्रदेशमा १३७ शाखा, १० एक्सटेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरू सञ्चालन गरिरहेको छ ।