महाधिवेशन मूल तयारी समिति सभापति देउवाको संयोजकत्वमा गठन

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २८,

मुलुकमा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति देउवाको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको हो। नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ। बुढानिलकण्ठस्थित पार्टी केन्द्रिय कार्य समितिका पदाधिकारी र सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सात वटै प्रदेश संसदीय दलका नेताहरु सो मूल तयारी समितिको सदस्य रहने निर्णय पनि बैठकले गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। त्यसैगरी बैठकले पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनका लािग पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति निर्माण गरिएको छ। त्यस्तै भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागत तथा व्यवस्थापनका सम्बन्धमा पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महत, प्रचार प्रसार समितिमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति, ललितपुर जिल्ला र भक्तपुर जिल्लाका सभापतिजीहरु सदस्य रहने गरी काठमाडौं जिल्लाका सभापतिलाई संयोजक तोकिएको छ। महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने र त्यसबाट निर्वाचित हुने केन्द्रीय कार्य समितिले पार्टीको नीति र कार्यक्रममा लागि छुट्टै महाधिवेशन गराउने निर्णय गरिएको प्रवक्ता शर्माले बताए। ‘नेपाली काँग्रेस पार्टीले नीतिको अधिवेशन र नेतृत्व चयनको अधिवेशनलाई फरक गर्ने भन्ने विषय प्रस्तावित गरिएको छ। पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी तहमा सर्वसम्मतिले पारित भएको विषय केन्द्रीय समितिले यसलाई पक्कै अनुमोदन गर्नेछ। त्यस बमोजिम नेपाली काँग्रेसको यो १४ औं महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशनको रुपमा लिएर जाने र महाधिवेशनबाट आएको निर्वाचित केन्द्रीय कार्य समितिले पार्टीको नीति र कार्यक्रम पारित गरेर जाने हामीले तय गरेका छौं’, उनले भने, ‘महाधिवेशनको तयारीका लागि पार्टीका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन गरिएको छ। उनले स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य सिता गुरुङ र स्वयम् सेवक मूल समितिको संयोजक धनबहादुर मास्के राना तोकिएको पनि बताए।
बागमती प्रदेशको संयोजक पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह र स्थान हेटौडा तोकिएको छ। गण्डकी प्रदेशको प्रदेश अधिवेशनका लागि संयोजकमा पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र स्थान पोखरा तोकिएको छ। लुम्विनी प्रदेशको संयोजक बालकृष्ण खाँण र स्थान बुटवल, कर्णाली प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि केन्द्रीय सदस्य जीवनबहादर शाही संयोजक र स्थान सुर्खेत तोकिएको छ। सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको र स्थान धनगढी तय गर्ने काम पनि पार्टी केन्द्रीय कार्य समितिको बैठकले गरेको प्रवक्ता शर्माले बताए। नेपाली काँग्रेसले सात वटै प्रदेश अधिवेशनहरु सम्पन्न गर्नका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोेकेको छ। जस अनुसार प्रदेश १ मा प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ भने अधिवेशन विराटनगरमा आयोजना हुनेछ। प्रवक्ता शर्माका अनुसार प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ र त्यसको संयोजकको जिम्मेवारी केन्द्रिय सदस्य रमेश रिजाललाई दिइएको छ।

Like