अन्यायमा परेका कार्यकर्ताको समस्या कसले सुनिदिने भन्दै देउवा सानेपाबाट भागेको रामचन्द्र पौडेलको प्रश्न

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २८,

सत्ताधारी प्रमुख दल नेपाली कांग्रेस अघिल्लो साता काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी कार्यालय सानेपामा केन्द्रीय कमिटीको बैठक बस्न लागेको भन्दै सम्बन्धितलाई खबर पठाए भने मिडियालाई पनि सोही जानकारीसहित विज्ञप्ति जारी गरे । तर, आइतबार बैठक भने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा राखियो । पार्टी कार्यालयमा कार्यकर्ताको धर्नालगायतका कारणले गर्दा बैठक सानेपाबाट बूढानीलकण्ठमा सारिएको बताएका छन् । ‘पार्टी कार्यालयमा अनसन ११४ दिनदेखि जारी छ। कति दिन भाग्ने पार्टी कार्यालयबाट ? उनीहरुको माग सम्बोधन किन नगर्ने ? तपाईँकै जिल्ला डडेलधुरामा पनि साथीहरुले अन्याय भयो भनेर मंसिर १ देखि अनसन बस्ने भनिराख्नु भएको छ’, पौडेलको प्रश्न थियो, ‘यो अवस्थापछि तपाईँ किन गम्भीर हुनुहुन्न ? अन्य स्थानमा पनि कतिको नाम थपिएको छ, कतिको काटिएको छ । यस्तो अवस्थामा महाधिवेशन गरेर पार्टीलाई कहाँ पुर्याउँछौँ ?’ रौतहटका कार्यकर्ताले क्रियाशिल सदस्यतामा असन्तुष्टि जनाउँदै १०० भन्दा बढी दिनदेखि अनसन गर्दै आएका छन् । पार्टी कार्यालयमा अनसन र असहज अवस्थाको सम्बोधन गर्नुका साटो देउवाले बैठक स्थल नै सारेको भन्दै आक्रामक रुपमा प्रस्तुत भएका पौडेलले यससँग सम्बन्धित रहेर प्रश्नको वर्षा नै गरेका थिए । गुनासो आइसकेपछि सम्बोधन गर्न नेतृत्व गम्भीर हुनुपर्छ । उनीहरुको माग सम्बोधन गर्न सचेत गराउँछु ।’ स्मरण रहोस्, देउवा प्रधानमन्त्री भएयता पार्टी कार्यालय गएका छैनन् भने पार्टीका बैठक निजी निवासमै गर्दै आएका छन् । उनले अगाडि थपे, ‘साथीहरुको कुरा सुनिदिने र सुनुवाइ गरिदिने कसले ? कार्यालयका मुख्यसचिव आमा आईसीयूमा रहेको भन्दै अस्पतालतिर हुनुहुन्छ। क्रियाशिल छानबिन समितिका साथीहरु केन्द्रीय समितिलाई बुझाइसकेका छौँ भनेर पन्छिनुभएको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *