देउवाको गर्विलो उपस्थिति महाशक्ति राष्ट्र प्रमुखसमक्ष

Share to:

रासंसा/कार्त्तिक १८,

एक सयभन्दा बढी देशका प्रमुख उपस्थित रहेको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले जलवायु परिवर्तनको क्षेत्रमा भोगेको प्रभावको चर्चा गर्दै पर्वतीय क्षेत्रमा हिमनदी पग्लिनु समस्या नेपालको मात्र नभएर विश्वभरको लागि चुनौती रहेको बताए। उनले नेपालमा हिमनदी पग्लिदा समुद्रको सतह बढ्ने र टापु देशहरुको अस्तित्व नै संकटमा पर्ने बताए। प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिले विश्वका नेताहरुको समेत ध्यानार्कषण गरेको थियो। प्रधानमन्त्री देउवा नोभेम्वर १ र २ तारिख ग्लास्गोमा रहदाँ साइडलाइन वार्ताहरुलाई प्रभावकारी बनाउन सशक्त रुपमा प्रस्तुत भए। प्रधानमनत्रि शेर बहादुर देउवा ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप २६) मा भाग लिइ आज विहीबार नेपाल फर्किएका छन्। २० जनाको जम्बो प्रतिनिधिमण्डल लिएर बेलायत आएका देउवाले सम्मेलनमा जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणा प्रष्ट रुपमा राखे। प्राप्त अवसरहरुलाई पूर्णरुपमा सदुपयोग गरे। उमेरले ७५ नाघेका देउवाले भ्रमणको क्रममा अमेरिकी राष्ट्र प्रमुख वाडेन, बेलायत प्रधानमन्त्री बेरिस जोन्स्न, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका महाशक्ति राष्ट्रप्रमुख समक्ष देशमा भएका जलवायुसम्बन्धी समस्यालाई उच्च आत्मविश्वासका साथ प्रस्तुत गरेका थिए। देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीबीच गत मंगलवार ग्लास्गोमा गरेको द्धिपक्षीय भेटवार्ताले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ। दुई प्रधानमन्त्रीबीचको भेटवार्ताले दार्चुलाको तुइन प्रकरण, लिम्पियाधुरा सीमाविवाद लगायतका कुटनीतिक तथा राजनीतिक विषयमा व्यापक छलफल गरेर अघि बढ्न दुबै मुलुकलाई थप सहज भएको छ। सम्मेलनलाई सम्बोधन गर्दा उनले भादगाउले कालो टोपी, खैरो दौरासुरवाल र निलोकोट लगाएका थिए। बेलायती प्रधामन्त्री जोन्सनलाई भेट्दा उनी ओभरकोटमा सजिएका थिए। जोन्सनले नेपालको बारेमा पूर्णरुपमा जानकार रहेको बताएका थिए। अमेरिकी राष्ट्रपति बाइडेनसँगको भेटमा कालो टोपी र निलो कोटमा उपस्थित थिए– देउवा। वाइडेनले देउवाको टोपीबाटै नेपालको प्रधानमन्त्री भनेर चिनेका थिए। भेटमा वाइडेनले यसअघि नेपाल आएको स्मरण गर्दै नेपाल सुन्दर देश रहेको प्रतिक्रया दिएको देउवाले बताएका छन्। २९ अक्टोेवर साँझ अवेर लण्डनस्थित हित्रो विमान स्थलमा उत्रिएका देउवाले अक्टोवर ३० र ३१ तारिखको समय बेलायतस्थित नेपाली समुदाय र बेलायती सरकारी उच्च अधिकारीसँगको भेटमा बेथित गरेका थिए। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको मुद्दामा उठाएको प्रसँगले जति चर्चा पो त्यसरी नै उनको प्रस्तुति (वडिल्याङवज, हाउभाउ) को चर्चा समेत सामाजिक संचालनमा चर्चा पायो। त्रिभुवन विमान स्थलमा तामझाम नगरी बेलायत निस्किएका देउवाको सरलपनलाई बेलायतस्थित नेपाली समुदायले निकै रुचाएको थियो। समान्यतयाः धेरै नबोल्ने र बोली हाले पनि रिसाई हाल्ने स्वभावका प्रधानमन्त्री देउवा बेलायतमा भने निकै हसिलो मुद्रामा प्रस्तुत भएका थिए। विश्वका महाशक्ति राष्ट्रको अघि देउवा निकै हसिलो मुद्रामा प्रस्तुत भएका थिए। प्रधानमन्त्री देउवासँग खिचेको फोटोलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च प्रथामिकताका साथ आफ्नो समाजिक सञ्जाल फेसबुक टाइमलाइनमा राखेका थिए। यस्तै देउवाले बेलायत प्रधानमन्त्री वोरिस जोन्स्नलाई भेट्दा गरेको बेलायतशैलीको अभिनन्दन (कुइनो ठोकाई) लाई आमसञ्चार माध्यमले मन पराएँ। देउवाले सम्मेलनका क्रममा लगाएका पोशाकहरु समेत आर्कषकको केन्द्रमा रहेका थिए। उनले बेलायतस्थित सर्वदलीय संसदीय समिति, गैरआवासीय नेपाल संघ, भूपुगोर्खा लगायत आधा दर्जन भन्दा बढी संघसंस्थाका गुनासा र माग सुन्न भ्याए। धेरै सुन्ने र कम बोल्ने देउवाले संघसंस्था प्रतिनिधिहरुले उठाएका मागहरु ध्यानपूर्व सुन्थे र दुई मिनेटभित्रै आफ्ना भनाइ राखेर टुंगाई दिन्थे। परराष्ट्र सचिव भरतराज पौडेलसहित उच्च अधिकारीसहित लन्डन पुगेका देउवा समक्ष नेपाली समुदायले राखेका मुद्दाहरुलाई मन्त्रालयका कर्मचारीले कहिकतै लिखित रुपमा अभिलेख राख्ने वा डेप्लोमेटिक नोट लेख्ने चासो समेत देखाएनन्। उनीले भ्रमणका क्रममा प्रधानमन्त्रीसँगको पाएको समयलाई बढी रुपमा व्यक्तिगत सम्बन्ध सुधारमा ध्यान केन्द्रीत गरेका थिए। मन्त्रालयका कर्मचारीहरुले सार्वजनिक कार्यक्रममा बोल्ने बिषयमा ब्रिफिङ नगर्दा प्रधानमन्त्री गैरआवासीय नेपाली संघ यूकेले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा चिप्लिएका थिए। उनको गैरआवासीय नेपाली संघ सामाजिक संस्था भएको भ्याउ नपाउँदा आमनिर्वाचनमा जस्तै आफ्नो पार्टीका उम्मेदवारलाई चुनाव जिताउन आब्हान गरेका थिए। भ्रमणकै क्रममा उनले बेलायत रक्षामन्त्रीसँग भूपुगोर्खाहरुको मागलाई सम्बोधन तत्काल गर्न निर्धक्कसँग आफ्नो अडान प्रस्तुत गरेका थिए।

Like