तीन वर्ष यता कै उच्च, हिमालयन बैंकले सेयरधनीलाई २६% लाभांश प्रदान गर्ने,

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २२, 
 मुलकको वित्तीय संस्थामध्येको  हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुने बैंकले जनाएको छ । बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको पनि बैंकले जनाएको छ ।

असोज २० गते बसेको बैंकको संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

Like