नेकपा एमालेमा ९ विभाग मध्ये निवर्तमान प्रधानमन्त्रि के. पी. ओली शर्माको विभागमा स्कुल प्रमुख
रासंसा / काठमाण्डौं, श्रावण १९,
मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान महाधिवेशन तयारीमा जुटेकै बेला ९ विभाग गठन गरेको छ । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले ९ विभाग गठन गरेको हो । स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैंले राखेका छन् । संगठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवासचन्द्र नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, विदेश विभाग प्रमुखमा डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेललाई जिम्मेवारी दिइएको छ । एमाले विधानअनुसार विभागमा २५ जना रहने व्यवस्था भए पनि विभागलाई भने पूर्णता दिइएको छैन । पार्टी एकता प्रक्रियामा रहेकाले पछि पूर्णता दिने एमाले सचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीले बताए । विभागमा ६ देखि बढीमा १५ जनासम्मलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । प्रवक्ता ज्ञवालीका अनुुसार पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । विभागलाई पूर्णता दिन सदस्य मनोनित गर्ने काम भने बाँकी नै छ । एमालेले पार्टीको नीति निर्माणका लागि विधान महाधिवेशन बोलाउन लागिएको पनि स्पष्ट पारेको छ । प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । एमालेले आगामी आगामी २४ साउनमा केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीको आगामी २७ र २८ भदौमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको छ । पार्टी महाधिवेशन अघि एमालेले आगामी ३ असोजभित्र वडा अधिवेशन र ९ असोजभित्र पालिकास्तरीय अधिवेशन गर्ने निर्णय आइतबारको स्थायी कमिटी बैठकले गरिसकेको छ । यसैबीच, प्रवक्ता ज्ञवालीले एमालेको निर्देशनविपरीत गत गत ३ वैशाखमा कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने प्रकाश ज्वालासहित चार प्रदेशसभा सदस्यलाई गरिएको कारबाही सदर गर्ने सर्वोच्च अदालतको सोमबारको फैसला सही भएको प्रतिक्रिया दिएका छन् ।
दूतावास अगाडि प्रदर्शन
यसैबीच, एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट युवा संघ नेपालले दार्चुला तुईन घटनाको विरोधमा सोमबार लैनचौरमा प्रदर्शन गरेका छन् । भारतीय सीमा सुरक्षा बलले तुईन काटिदि“दा धामी बेपता भएकाले विरोध प्रदर्शन गरिएको संघ उपमहासचिव एवं प्रवक्ता संञ्जिव राईले बताए । घटना छानबिन गरी दोषीलाई यथासिघ्र कारशाही गर्नुपर्ने माग युवा संघले उठाएको छ । लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दै उनीहरूले ‘भारतीय विस्तारवाद मुर्दाबाद’जस्ता नारा लगाएका छन् । गत शुक्रबार दार्चुलामा तुईन तरेर सदरमुकाम खलंगातिर आउनेक्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटिदि“दा ३५ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपता भएका थिए ।
एकता भाँडने अभिव्यक्ति नदिऔं
यता, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट स्थायी कमिटी सदस्यस“ग पार्टी एकताबारे सोमबार छलफल गरेका छन् । बैठकले एकता भाँडने अभिव्यक्ति नदिन नेताको ध्यानाकर्षण गराएको छ । बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दि“दा शब्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको बताए । बैठकमा एकताका लागि छलफलमा जुटेका नेताले अहिलेसम्मको छलफलको अवस्थाबारे जानकारी गराएका छन् । काठमाडौंमा बसेको नेपाल पक्षको बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकता भाँडने अभिव्यक्ति नदिन नेताहरूको ध्यानकर्षण गराएको हो । नेता पन्तले अब छिट्टै एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुनेसमेत जानकारी दिए । उनले एमालेलाई एकताबद्ध गर्न अधिकतम प्रयास भइरहेको पनि बताए । छलफलमा सहभागी एक नेताका अनुसार १०बुँदे सहमतिदेखि ओली पक्षबाट आएका विभिन्न प्रस्तावमा केन्द्रित भएर ‘पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ ?’ भन्ने विषयमा छलफल भएको छ । गत २७ जेठमा विगठित कार्यदलले १०बुँदे सहमति गरे पनि एमाले एकता कायम हुन सकेको छैन । यसबीच दुवै पक्षका नेताले आन्तरिक छलफललाई भने औपचारिक रूपमा निरन्तरता दिएका छन् । ओलीले पार्टीमा दोस्रो अध्यक्षको प्रस्ताव गर्दै पार्टी एकता गर्नुपर्ने बताएका छन् । तर, नेपाल समान अधिकारसहितको अध्यक्ष हुनुपर्ने अडानमा छन् । केही समययता एमाले विवाद बढ्दै गइरहेको छ । विगठित कार्यदलले १०बुँदे प्रस्ताव गर्दै पार्टी एकता कायम गर्न सुझाव दिएका छन् । तर, अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच ‘शितयुद्ध’ जारी रहेकाले एकतामा ढिलाई भइरहेको छ । एमाले नेता सुरेन्द्र पाण्डेले पछिल्लो राजनीतिक अवस्थाका साथै ‘पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ ?’)भन्ने विषयमा केन्द्रित भएर छलफल भएको जानकारी दिए । अध्यक्ष ओलीले पछिल्लो समय नेपाल पक्षका नेता डा. भीम रावल, सुरेन्द्र पाण्डेस“ग छलफल गरेका थिए । त्यस्तै, नेता नेपालले ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलस“ग छलफल गरे थिए ।