कोशिश नेपालद्वारा ६ पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश / तनहुँ समाचार /

Trending
कोशिश नेपालद्धारा तनहू जिल्लाका ६ वटा स्थानीय तहमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
संस्थाले तनहुँका ६ वटा पालिकाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाले तनहुँको बन्दिपुरगाउपालिका,म्याग्देगाँउपालिका,भानुनगरपालिका , व्यासनगरपालिका , भिमाद नगरपालिका र शुक्लागण्डकीनगरपालिका गरी ६ वटा पालिकाहरुमा पुुगेर हरेक पालिकामा ३हजार २सय५० थान मास्क, ३० लिटर स्यानिटाइजर, ६ सेट अक्सिमिटर र २ सेट पीपीइ सहयोग गरेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।
वर्तमान परिवेशमा कोभिडबाट बिश्व आक्रान्त बनिरहका बेला कोशिशको रचनात्मक र उदहारणीय अमुल्य सहयोगलाई महत्वपूर्ण रुपमा लिनुपर्ने नगर प्रमुख न्यौपानेले बताए ।

 

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *