कलाकार कृण्ण कडेलले ७५ घर दलितलाई दिए ३ लाख राहत

Share to:

                                                                                                                            अन्जनराज न्यौपाने / गण्डकी प्रदेश/ आर्थिक  समाचार तनहुँ  । आईतवार १० गते                                                                                               चर्चित  कलाकार एब्म् सामाजिक अभियानता कृण्ण कडेल र उनको इन्द्रेणी टिमले म्याग्देको कुर्लेचौरका बाढी पहिरो पिडितलाई ३लाख रुपैयाँ सहयोग गरेको छ। बाढी पहिरो तथा कोभिड १९ बाट प्रभावित भएका उक्त स्थानका ७५ दलित घर परिवारलाई १ लाख ४० हजार ९ सय ४० रूपया राहत सहयोग वितरण गरिएको हो। प्याउलि विकको अपांग छोरा पुर्ण विक लाई २० हजार, दुवै किड्नी फेल भएकी रूपा सुनारलाई २० हजार, मृगौला पीडित नेत्रबहादुर थापालाई १५ हजार, मृगौला पीडित बलिसरा थापालाई १५ हजार, क्यान्सर पीडित तिजामाया थापालाई १० हजार , प्यारालाइसिस बिरामी हस्तबहादुर बिक लाई १० हजार , मानसिक रोगि सोमबहादुर विकलाई १० हजार तथा सीता विक लाई ५ हजार रूपैयाँ सहयोग गरिएको थियोे । सो रहात सहयोग कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , इन्द्रेणी टिमका युवराज चौलागाइ ,सामाजिक अभियान्ता कृष्ण बाइवा ,चर्चित कलाकार धर्म गन्धर्व लगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमा म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्देमा आइ सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे। केही दिन अगाडि प्रत्येक घरमा चामल, नुन, तेल वितरण गरिएको थियो । रकम भुक्तानीका लागि इन्द्रेणी टिम उक्त स्थानमा अनुगमनका लागि आएको म्याग्दे गाँउपालिकाले जनाएको छ।

Like