पण्डित दिनबन्धुले बनाए दलितलाई मन्दिरको पुजारी
अन्जनराज न्यौपाने / धार्मिक समाचार / काठमाडौं पण्डित दीनबन्धु पोखरेलले गरे दलित समुदायका एक ब्याक्तिलाई मन्दिरको पुजारी धोषणा गरेका छन। विश्व हिन्दु महासघका पुर्व केन्द्रीय अध्यक्ष स्वर्गीय नारायण प्रसाद पोख्रेलका सुपुत्र समेत रहेका दिन बन्धु पोख्रेलले कुनै पनि धार्मिक ग्रन्थहरुमा जातीय विभेदका विषयमा उलेख नभएको र मानिस जन्मैमा ठुलोसानो जात भनेर आएको नहुने बताए ।कर्म राम्रो गरे दलित पनि ठुलो हुने र कर्म नगरे ठुलो जातपनि सानो बन्ने भएको बताउदै मानिस कर्म ,दिलले उच्च र निच फल पाउने भएको हुदा आत्मा सुदृढीकरण बाट मात्रै कर्म सफलहुन सक्ने हुदा समाजमा भए गरेका उचनिच जातको खाडललाई पुर्न सकेमात्र समाज र राष्ट्रको विकास हुने बताए ।
ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई पण्डित दीनबन्धु पोखरेलले कर्मकाण्ड सिकाएर मुख्य पुजारी घोषणा गरेका हुन् ।