साैगात मन्टेश्वरी स्कुलले बाल साहित्य महाेत्सव

Share to:

रासंसा/काठमाण्डाै

विभिन्न कार्यक्रम अन्तर्गत साैगात मन्टेश्वरी स्कुलले बाल साहित्य महाेत्सव(Children Literature festival ) २०७८ मन्टेश्वोरीकि प्राचार्य राज्य लक्ष्मी बैदारको सभापतित्व र वरिष्ठ साहित्यकार विजय चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ। ISA प्रोजेक्ट I am a Writer अन्तर्गत सौगात मन्टेश्वरी स्कुल र जनसेवा मा.वि काे समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार विजय चालिसेले, कालाे बादलमा पनि चाँदीको घेरा हुने भन्दै लकडाउनका कारण विद्यार्थीहरुले विज्ञान र प्रविधिकाे प्रयोग गर्न जान्ने मौका पाएकाे र याे लकडाउनकाे सकारात्मक पाटाे रहेकाे बताउनु भयाे । त्यस्तै विद्यार्थीहरुले भोलि प्रती अाशावादी भई विभिन्न साहित्यिक सृजनाहरु गर्नुपर्ने जानकारी दिनुभयो।कार्यक्रममा सौगात मन्टेश्वरी र जनसेवा मा.वि. का विद्यार्थीहरुले विभिन्न छन्द तथा नाटक र आफुले गरेका क्रियाकलापहरु प्रस्तुत गरेका थिए।

विशेषत विद्यार्थीहरुमा रहेको साहित्यक अन्तरनिहित प्रतिभालाई बाहिर प्रस्फुटन गरि त्यसलाई क्रमश: विकास गर्दै लैजाने उद्देश्यले याे कार्यक्रम अायाेजना गरेका हौँ, विद्यालयका प्रधानध्यापक एवं प्राचाॠ राज्य लक्ष्मी वैदारले अागामि दिनहरुमा विद्यार्थीहरुलाई साहित्य प्रती उत्प्रेरित गरि अझ प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने छौं भन्नुभयो । कार्यक्रम काेभिड १९ काे संक्रमणका कारण भर्चुअल माध्यमबाट सम्पन्न भएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार विजय चालिसे, कालिका मा.वि बुटवलका soft skill coordinator तथा BCSA युवराज तिवारी, पशुपति अन्नपूर्ण आश्रम र Save the Nation का अध्यक्ष एवम् वरिष्ठ समाजसेवी शिक्षाविद् के.वि सम्राट, जनसेवा मा.वि का प्रधानध्यापक देवराज महर्जन, अभिभावकहरुकाे तर्फबाट अच्युत तिवारी लगायतले यस्तो समयमा पनि सौगात मन्टेश्वोरिले बालबालिकाहरुका लागि भर्च्युअल माध्यमबाट कार्यक्रम तय सम्पन्न गरेको प्रसंशा गर्दै धन्यवाद दिएका थिए । त्यस्तै कार्यक्रममा भुपू विद्यालय निरीक्षक तथा शिक्षाविद् दामाेदर रेग्मी, Hide and seek school का प्रधानाध्यापक एवम् मन्टेश्वरी trainer, बाल शिक्षाविद् कुमाेद भट्टकाे समेत उपस्थिति रहेको थियोे। कार्यक्रम विद्यालयका विद्यार्थी सक्षम पाण्डेकाे स्वागत मन्तव्य, शिक्षिका सृष्टि खनालकाे धन्यवाद मन्तव्य र विद्यालयका संयाेजक प्रबिता माकजुकाे सञ्चालनमा सम्पन्न भयको थियोे।

Like