Saturday, October 24, 2026
Latest:
मुख्य समाचार

बिधुत बनाउने क्रममा करेन्ट लागेर घटना स्थलमै कर्मचारीको मृत्यु

Share to:

अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश ,तनहुँ । तनहुँमा करेन्ट लागेर एक कर्मचारीको घट्नास्थलमै मृत्यु भएको छ ।
शुक्लागण्डकी-११ भुस्नापुरस्थित स्यानीभञ्ज्याङ क्षेत्रमा विद्युत प्रवाहमा समस्या आएपछि पोलमा चढेर बनाउने क्रममा छिनेको तारबाट अकस्मात करेन्ट लागेर सोही स्थान बस्ने बर्ष ५८ का युवराज शर्माको मृत्यु भएको हो। मृतक शर्मा ग्रामिण सामुदायिक उपभोक्ता ढोरफिर्दीका कर्मचारी हुन्।

Like