तनहुँ ट्राफिक प्रहरी प्रमुख हमाल नगद पुरस्कार सहित सम्मानित
बैशाख ,१५ गते बुधबार
गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापनमा अत्यन्तै प्रभावकारि र महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै नगद पुरस्कार सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख डोलेन्द्रबहादुर हमाल सम्मानित भएका छन्।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले तनहुँ ट्राफिक प्रहरी कार्यालय का प्रमुख हमाललाई एक कार्यक्रमका बीच सम्मान गरेका हुन्।
सवारी दुर्घटना न्यूनिकरण गराउन अबल रहेको र सुरक्षा चेक जाँचमा अत्यन्तै रचनात्मक र प्रशंसनीय भुमिका निर्वाह गरेको भन्दै अन्तर ईकाइ कार्य सम्पादन मुल्याङकन २०७७ अन्तर्गत ४२ बुँदे कार्य सम्पादन मुल्याङकन फारम अनुसार चैत्र महिनामा तनहुँ जिल्ला प्रथम हुन सफल भएको थियोे भने द्वितिय हुन सफल जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोर्खाका रहेको थियोे ।
यसका साथै प्रहरी कर्मचारीहरुलाई बुधबार एक कार्यक्रममा नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरीको कार्यालय कास्कीले जनाएको छ।