जीप दुर्घटनामा १को मृत्यु १३ जना घाइते
अन्जनराज न्यौपाने बैशाख ,१४ गते मंगलबार तनहुँ ।
जिल्लाको सदरमुकाम दमौलीबाट ऋषिङ गाउँपालिकाको भीरकोट तर्फ जाँदै गरेको ग १ ज ७६०० नम्बरको जीप ऋषिङ गाउँपालिका–१ धारापानीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परि१३ जना घाईते भएका हुन्।
दुर्घटनामा परी मृत्युु हुनेमा व्यास नगरपालिका–५ पाटनकी २५ वर्षिया मनु थापा रहेकि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख डोलेन्द्रबहादुर हमालले जानकारी दिए।
घाईते हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने वर्ष २७ को गीतामाया थापा, गीताकै छोरा वर्ष ८ को दीपसन थापा, छोरी ५ वर्षकी अस्मि थापा, सोही गाउँपालिकाको वडा नम्बर ६ का वर्ष ४० का टिकाराम थापा, वर्ष २० की बेलसरा थापा, वर्ष २३ की दिलकुमारी थापा, दिलकुमारीकै छोरी वर्ष २ की सुहाना थापा वर्ष ३३ का मधुसिंह राना, वर्ष २८ का लालबहादुर परियार, रेखा आले, अनमिका थापा र अनामिकाकै दुई वर्षको छोरी रुपा थापा घाईते हुनु भएको छ । घाईतेको मध्ये दमौली अस्पताल उपचार भईरहेका १३ मध्ये दुई र रत्नहरी अस्पतालमा उपचार भएका दुई गरी चार जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको ट्राफिक प्रहरी प्रमुख हमालले बताए ।
उक्त जीपको छतमा र जीप भित्र क्षमता भन्दा बडी यात्रु राखेर सवार गर्दा ओभर लोडका कारण दुर्घटना भएको हुन सक्ने अनुमान स्थानीयको रहेको छ। दुर्घटना स्थलबाट उक्त जीप करिब ४० मिटर तल खसेको थियोे ।