चितुवालाई पराजित गर्न दुई कुमाल दाजुभाइ सफल

Share to:
  • अन्जनराज न्यौपाने ,बैशाख ,९ गते
  • तनहुँ ।
  • व्यास नगरपालिका–६ शिसाघाटमा स्थानीय कुमाल जातीका दुई दाजुभाइले चितुवासँग लडेर चितुवालाई पराजित गरेका छन्।
  • ५२ वर्षीय मदन कुमाल र उनका माईलो बुबाका छोरा नाताले उनका ३९ वर्षीय भाइ भेषबहादुर कुमालले चितुवासँग लडेर चितुवालाई डोरीले बाँधेर नियन्त्रणमा लिन सफल भएका हुन्।
  • जिल्लाको सदर मुकाम दमौली बजार जाने क्रममा हिडिरहेको मौका छोपी एक्कासी चितुवाले मदनलाई आक्रमण गरेको देखेर भाइ भेषबहादुरले चितुवा माथि जाई लागेपछि आफुलाई उक्त चितुवासग भिड्न सजिलो भएको मदन कुमालले बताए । उनले भने हामी दुई दाजुभाइ मिलेर चितुवालाई पराजित गरी नियन्त्रण लिन सफल भएको जानकारी उनले दिए।
  • चितुवाले चिथाेर्दा मदनको दायाँ हातमा चोट लागेको छ भने उनका भाइ भेषबहादुरको अबस्था सामान्य नै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। चितुवाको शारीरिक अवस्था कमजोर भएको र रोगले ग्रसित भएको जस्तो देखिएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए।
  • यस अधि छिमेकी वडा ब्यास- ५ पतेनीटारमा पनि मृत अवस्थामा चितुवा फेला परेको थियोे ।
Like