७१ बर्षिया बृद्धलाई तनहुँ तरंग पत्रिकाको पहलमा खाध्यन्न सहित ५ हजार सहयोग
तनहुँको चर्चित खबर पत्रिका तनहुँ तरंग साप्ताहिक पत्रिकाका प्रकाशक सुरेश सुनारको पहलमा खाध्यान्न सहित ५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
जिल्ला स्थित रिसिङ-१ झापुटार निवासी अन्दाजी ७१ बर्षकि नन्दकुमारी दवाडीलाई उक्त आर्थिक र खाध्न्य सहयोग हस्तान्तरण गरिएको हो।
शारीरिक एब्म् मानसिक रुपले अशक्त भै आर्थिक अवस्था अत्यन्तै कमजोर भए सगै खाना लगाउन र बस्न समेत मुस्किल परेको जानकारी पाएपछि तनहुँ तरंग साप्ताहिकका प्रकाशक सुनारको पहलमा चामल१ बोरा, दुईकिलोआलु , बिस्कुट,काक्रो , स्याउ,दाल,जुस् , धिरौला,खर्बुजा,अंगुर र नगद १७ सय ५५ रुपैयाँ नगद सहयोग गरिएको हो। आर्थिक रुपबाट अतिनै पछि परेकि दवाडीको सहयोगकालागि राष्ट्रिय लाेक तथा दाेहाेरी गायक कृष्ण अधिकारी बाट १००० रुपैयाँ ,एक बर्षका बालक सुसान्त सुनार काे नामबाट उनका अभिभाबक धन बहादुर सुनार बाट १०००,प्रभु बैंक का कर्मचारी रामकुमार श्रेष्ठ बाट ५०० , दलित अगुवा एबं समाजसेबि मिनबहादुर चदाराे बाट रु ५००, शिक्षक अाकाश अधिकारी बाटा ५०० , पम्फा सुनार काठमाडौ बाट ५०० , सुनिता सुनार ब्यास -१२ बाट ५०० , सुरेश सुनार ५०० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका थिए।
शारीरिक ,मानसिक रुपले अशक्त भै झापुटारमा बस्दै आएकि उनको १५ छोरा मध्ये १४ जनाको मृत्यु भै सकेको र जम्मा १ जना छोरा पनि उसैको ससुरालीमा नै बसेकाले बृद्धअबश्थाकि दवाडीलाई दुख विमार पर्दा हेर्विचार र औषधी उपचारगर्न समेत पैसा नभएको अबस्था भएको प्रति स्थानीय तह,उधोगी ,ब्यबसायी पत्रकार र सरोकारवाला निकायहरुको समयमै मानवीय हिसाबले ध्यानाकर्षण गराउन पहल कदमी गराई तन,मन,धनले सहयोग पुर्याईदिन तनहुँ तरंग पत्रिकाले अपिल समेत गरेको छ।
सालको पात बेचेर जिवनयापन गर्दै आएकी दवाडीको शारीरिक अवस्था दिनप्रतिदिन कमजोर भए पछि उनको दैनिक जीवन कष्टकर बन्दै आएको छ।कार्यक्रममा स्वतन्त्र पत्रकार सघका केन्द्रीय महासचिव अन्जनराज न्यौपाने ,तनहुँ तरंगका प्रकाशक सुरेश सुनार,ममता कम्प्युटरका प्रवन्ध निर्देशक विशाल रुचाल,प्रभु बैकका प्रतिनिधि रामकुमार श्रेष्ठ ,शिक्षक आकाश अधिकारी लगाएतले शारीरिक मानसिक र आर्थिक रुपले पछि परेका ब्याक्तिहरुको पहिचान गरि उनीहरुलाई राष्ट्रिय मुलधारमा ल्याउन सबै सहयोगी मनहरु आआफ्नो क्षेत्रबाट लागि पर्नुको विकल्प नरहेको बताए ।